ओलीले नै देशलाई समाजवादमा पुर्याउँछन् : गृहमन्त्री थापा
नेपालबहस संवाददाता
पुस २०, २०७७ मंगलबार ०:२१:७
२० पुष, चितवन । गृहमन्त्री रामबहादुर थापाले उपयुक्त नीति, कार्यक्रम र कुशल नेतृत्वले नै समाजवादसम्म पु¥याउन सक्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनले आज आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अहिले देश समाजवादोन्मुख रहेको र ओलीले नै देशलाई समाजवादमा लैजाने उल्लेख गरे ।
“हामी समाजवाद निर्माणको चरणमा आइपुगेका छौँ, त्यसैले उपयुक्त नीति र नेतृत्व आवश्यक छ ।” हरेक परिवर्तनका लागि नीति र नेतृत्व आवश्यक रहेको भन्दै उहाँले भन्नुभयो, “उपयुक्त नेतृत्व कुन भन्ने विषयका उत्तर दिन हामी यहाँ भेला भएका हौँ” उनले भने, “प्रधानमन्त्री बन्न जनताको र पार्टी अध्यक्ष बन्न कार्यकर्ता कहाँ जानुपर्छ । जसको नीति र नेतृत्व राम्रो छ जनताले उसैलाई प्रधानमन्त्री बनाउने बताउनुभयो । जनता कहाँ गएर नयाँ निर्वाचनमार्फत प्रधानमन्त्री बन्ने मौका दिएका छौँ ।”
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले लोकतन्त्रमा जनताको माझमा जाने काम तानाशाही नहुने बताए । प्रधानमन्त्री केपी ओलीलाई सुशासन विरोधी भन्न नमिल्ने बताउँदै उनले प्रश्न गरे, “जसले देशलाई जातीय रुपमा विभाजन गर्न हुँदैन भन्यो, भारतीय नाकाबन्दीको सामना गर्दै विकास निर्माणका नयाँ योजना लिएर अगाडि बढ्यो, त्यो मानिस कसरी सुशासन विरोधी हुन्छ ?” देशमा दण्डहीनता नियन्त्रण गर्दै सामाजिक विकास र पूर्वाधार निर्माणमा आफूलाई समर्पण गर्ने नेता कहिल्यै सुशासन विरोधी हुन नसक्ने उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार