सोती जातीय नरसंहारका दोषीलाई कारवाही गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता
नेपालबहस संवाददाता
पुस २०, २०७७ मंगलबार ०:४५:१७
२० पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुकुम पश्चिमको सोतीमा जाजरकोटका ६ जना युवाको हत्या गर्नेलाई हदैसम्म कारबाही गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बलुवाटारमा आइतबार अपराह्न भएको मृत्तक युवाका परिवारसँगको भेटमा प्रधानमन्त्री ओलीले दोषीलाई कारबाही गर्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने दाबी गरे ।
गत १० जेठमा अन्तरजातीय बिहेको नाउँमा भएको उक्त घटनामा नवराज विक र उनका पाँच जना साथीको हत्या भएको थियो । उक्त मुद्दा अदालतमा विचाराधीन रहेको छ । हत्यामा संलग्न पक्राउ परेका ३४ जनामध्ये ६ जनालाई अदालतले थुनामुक्त गरेको छ । अन्य ६ जनालाई छोड्ने विषयमा उच्च अदालत सुर्खेतमा मत बाझिएपछि सर्वोच्चसम्म आइपुगेको छ ।
प्रधानमन्त्रीसँगको भेटमा मृतक नवराज विकका बुबा आमा मुनलाल र उर्मिला, लोकेन्द्र सुनारकी आमा लक्ष्मी, टिकाराम नेपालीका बुबा सोभे, गणेश बुढाका बुबा पदमबहादर, गोविन्द शाहीकी आमा भीमकुमारी र सञ्जु विककी आमा सविता उपस्थिति भएका थिए ।
भेटमा मृतकको अभिभावकले अहिलेसम्म अदालतले घाइतेहरुको वयान नलिएकोभन्दै प्रधानमन्त्रीसमक्ष दुखेसो पोखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार