४ वर्षमा पनि सकिएन जैसीदेवल पुन:र्निर्माण

नेपालबहस संवाददाता
पुस २०, २०७७ मंगलबार १:२७:१९

२० पुष, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा रहेको जैसीदेवल पुनर्निर्माण शुरु भएको चार वर्ष पूरा भए पनि अझै सम्पन्न हुन सकेको छैन । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त जैसीदेवल पुनर्निर्माण पुरातत्व विभागले २०७३ साउनमै शुरु गरेको हो ।
सार्वजनिक जानकारीका लागि पुनर्निर्माण गर्दा निर्माणस्थलमा राख्नुपर्ने लागत, अवधि, निर्माण व्यवसायी आदिको नाम समावेश हुने जानकारीमूलक सूचना पाटी नराखी अपारदर्शी काम भएको काठमाडौँ महानगरपालिका–२१ का पूर्व वडाध्यक्ष जुजुकाजी तण्डुकार बताउँछन् ।
“नेपाल संवत् ७०४ मा बनेको देवलको पुरानै इँटा प्रयोग गरेर काम शुरु भएको छ, निर्माणस्थलमा सार्वजनिक जानकारीका लागि राख्नुपर्ने सूचना पाटी राखिएको छैन, निर्माणअघि स्थानीयवासीसँग छलफलसमेत गरिएन, निर्माणपछि निर्माण व्यवसायी त अन्त्यै जान्छन्, निर्माणमा स्थानीयको स्वामित्व हुनुपर्छ”, देवलअघिको किराना पसलबाट पुनर्निर्माणको सूक्ष्म अवलोकन गरिरहेका उनले भने ।
देवल पुनर्निर्माण गरिरहेको निर्माण व्यवसायीले माजुदेग : र दशअवतार मन्दिरसमेत पुनर्निर्माण गरिरहेकाले गत वर्ष चैतदेखि काम हुन सकेको छैन । माजुदेग : काठमाडौँ महानगरपालिकाको ठेक्कामा व्यवसायीेले ठेक्का पाएको हो । दश अवतार मन्दिर भने विभागकै ठेक्कामा यही निर्माण व्यवसायीले जिम्मा पाएको हो । वरिपरि फलामको ठण्डी ठड्याएर राखेको १० महिनासम्म अलपत्र भएको स्थानीयवासी सुनमाया श्रेष्ठले गुनासो गरे ।
यस क्षेत्रकै तीनवटा सम्पदा पुनर्निर्माणको ठेक्का लिएको निर्माण व्यवसायीले कुनै पनि काम समयमा गरको छैन । २१ नं वडा सदस्य न्हुच्छेदेवी महर्जन फलाम ठड्याएर राखे पनि काम भएको नदेखिने बताउनुहुन्छ । ठेक्का गर्ने सरकारी निकाय र निर्माण व्यवसायीले समेत वडासँग समन्वय नगरेको जनप्रतिनिधिको भनाइ छ ।
पुनर्निर्माणमा पुराना सामग्रीको प्रयोग
विभागले पुराना निर्माण सामग्री टिकाउ हुने भएकाले प्रयोग गरिएको जनाएको छ । विभागका प्रवक्ता रामबहादुर कुँवर अनुसन्धानले प्राचीन निर्माण सामग्री टिकाउ हुने प्रमाणित गरेको बताउँछन् । कति पुराना र कति नयाँ सामग्री राखेर पुनर्निर्माण गर्ने भन्ने पारदर्शीरुपमा स्थानीयवासीलाई जानकारी गराइएको छैन ।
देवल निर्माण हेर्नुहुने विभागका इन्जिनीयर पूर्णबहादुर श्रेष्ठ निर्माण व्यवसायीसँग भएको सम्झौताअनुसार जीर्ण नभएका सामग्री प्रयोग गर्न सकिने व्यवस्था गरिएको सुनाउँछन् । “निर्माण अवधि, निर्माण लागत, निर्माण व्यवसायीको नामलगायत जानकारी दिने सूचना पाटी राख्न पटकपटक भनिए पनि व्यवसायीले राखेका छैनन्”, उनले भने ।
निर्माण कम्पनी प्राकृतिक÷सानो सुवाल÷एसपी जेभीले देवल पुनर्निर्माण गरिरहेको हो । व्यवसायीका तर्फबाट देवल निर्माणमा खटिनुभएका इन्जिनीयर प्रवीण श्रेष्ठ भने सूचना पाटी राखेकामा रक्सी खाएका मानिसले लिएर हिँडेको दाबी गर्छन् ।
निर्माणमा संलग्न दुई इन्जिनीयरको भनाइले अपारदर्शीरुपमा निर्माण शुरु भएको प्रस्ट हुन्छ । “देवल पुनर्निर्माणमा पुराना र नयाँ दुवैथरि निर्माण सामग्री प्रयोग गर्ने सम्झौता भएको छ, नयाँ ८० र पुराना २० प्रतिशत सामग्री प्रयोग गर्ने सम्झौतामा उल्लेख छ, तलदेखि माथिसम्म नयाँ र पुराना दुवैथरि निर्माण सामग्री मिसाएर काम हुन्छ”, उनले भने ।
२०७४ असार मसान्तसम्म देवल पुनर्निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख थियो । विसं २०७३ साउन २८ गते देवल पुनर्निर्माणको सम्झौता भएको थियो । सम्झौता भइसकेपछि बेलायतको दुरहाम विश्वविद्यालय र विभागलगायतको समूहले देवल क्षेत्रमा उत्खनन गरेपछि काममा ढिलाइ भएको निर्माण व्यवसायी पक्षको भनाइ छ । देवल पुनर्निर्माणको लागत रु पाँच करोड ४६ लाख ६० हजार ७२८ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी
फागुन १२, २०८१ सोमबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार