तपाईको आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
पुस २१, २०७७ मंगलबार ११:५९:४
वि.सं. २०७७ साल पौष २१ गते मंगलबार इ.स.२०२१ जनवरी ०५ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । पौष कृष्णपक्ष । तिथी–सप्तमी,२६ बजेर ५९ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–उत्तरफाल्गनुी,१७ बजे ५५ मिनेट उप्रान्त हस्त । योग–शोभन,२६ बजेर ५८ मिनेट उप्रान्त अतिगण्ड । करण–भद्रा,१६ बजेर ०० मिनेट उप्रान्त बव,२६ बजेर ५९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेटमा,सूर्यास्त १७ बजेर २० मिनेटमा । दिनमान २५ घडी ५८ पला । श्री गुरु गोविन्द सिंह जयन्ती ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरु बन्नेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको डोरो अझ कसिलो भएर जानेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेको छ भने यात्राका क्रममा बिभिन्न रमाईला स्थलहरुको भ्रमण गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):-लामो समयदेखि थाती रहेको काम बन्नेछ भने बिभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पति संग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरु हल भएर जानेछन् भने मित्रहरुको सहयोग रहनाले समयमा कामहरु बन्नेछन् । पढाइ लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढी मेहनेत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पति तथा बिलाशी वस्तुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको शिलशिलामा यात्रा गर्न सकिने समय रहेको छ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- मायाप्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाईलेखाई कमजोर रहनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अलि बढि नै संघर्ष गर्नु पर्नेछ । आफन्त तथा ईष्ट मित्रसँग टाढिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- छोटो तथा रमाईलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाईला तथा मन मिल्ने साथीभाईहरु भेटिने छन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एकअर्काको सहयोगले खोजमुलक बिषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरु समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजबुत पार्न सकिनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाममूखी कामगर्न सकिनेछ । विवादित बिषयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- तपाईको कामको धेरैले प्रशंसा गर्नेछन् भने बिशिष्ट व्यक्तिहरुबाट सम्मानित हुने ग्रहयोग रहेको छ । तार्किक क्षमतामा बृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानी बढाउन सकिनेछ । गायन तथा संगीतको क्षेत्रमा लागि नाम कमाउनेहरुका लागि नया नयाँ अवसर आउनेछ । पारिवारिक माहोलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोड लिनेछ भने कुटुम्बसँगको सम्बन्ध सुदृड भएर जानेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- सानातिना समस्या देखिएपनि लगनशिल भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेको छ । पढाईलेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिने छ । दाजुभाईले तपाईको काममा सहयोग गर्ने हुनाले ठुला तथा उपलब्धिमुलक काम गर्न सकिने छ । मानव निर्मित तथा भौतिक साधनहरु प्राप्तिको योग रहेको छ । व्यापार व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु फराकिलाे पार्न सकिने छ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधी खर्च बढेर जानेछ । व्यापार व्यवसायमा लगानी गरेपनि आम्दानी कम हुनेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफुभन्दा अग्रजसँग राय बाजिने तथा मनमुटाब बढ्ने योग रहेको छ । प्रेममा अबिश्वास तथा मनमुटाब बढ्नेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- बिद्यामा राम्रो प्रगति हुने हुँदा पढाईलेखाईमा मन जानेछ । दाजुभाई वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा परिणाममूखी काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोगमार्फत यथेष्ठ धन आर्जन हुने ग्रहयोग रहेको छ । नयाँ सवारीसाधन तथा मनपरेको भौतिक सम्पति लाभ हुने गतिलो सम्भावना रहेको छ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ):- व्यापारमा थोरै समय दिदापनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाईलेखाईमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गीत संगीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- बौद्धिकताको प्रयोगले सफलताको सुत्र पत्ता लगाउन सकिनेछ, भने उत्तम बस्त्र,मनपर्ने तथा बिलासी बस्तु हात लागी हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा संस्कार संस्कृतिको जगेर्ना गर्ने काममा समय व्यतित हुनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमती जुट्ने योग रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पति तथा सवारीसाधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । मायाप्रेम गर्ने जोडीहरुले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन्, भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदीबहिनीहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाईहरु तपाईदेखि टाढिन सक्छन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिने छ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोशजाँगर बढेर आउनेछ । व्यापार व्यवसायबाट नाफा कमाउन सकिनेछ भने यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ भने मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुशी भएको महशुस गर्नेछन् । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार