यिनै हुन् ओली युगका महत्वपूर्ण उपलब्धिहरु
इन्द्र रिजाल
पुस २१, २०७७ मंगलबार १९:३८:५
वर्तमान नेपालका कामचलाउ प्रधानमन्त्री तथा आजभन्दा ३ बर्ष अगाडि नेपालकै सर्वशक्तिमान प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले नेपालको दोश्रो प्रधानमन्त्रित्वकालमा असाध्यै राम्रा कामहरु गरेर नेपाली जनमानसमा उत्कृष्टताको अविष्मरणीय छाप छोडन सफल भएका छन् ।
बिगतमा उनमा देखिएको राष्ट्रवादी छविमा समेत उनको दोश्रो कार्यकालमा आएर दाग लागेको देखिएको छ । विगतमा भन्दा दोब्बर बढी गफाडी निस्किएका प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालको झण्डै आधा समय भने बालुवाटार र अस्पतालमा सुतेरै बिताएका छन् ।
सधैंका दीर्घरोगी प्रधानमन्त्रीबाट नेपाली जनताले पाएको उपहारहरुमा सरकारी जग्गा यति होल्डिङ्गलाई हस्तान्तर गर्नु पहिलो र असाध्यै महत्वपूर्ण उपलब्धिका रुपमा लिईएको देखिएको छ । जसबाट प्रधानमन्त्रीले फागुनमा आफ्नो जन्मोत्सव मनाउन हेलिकप्टर चार्टरदेखि नेपालको नक्सा अंकित केकसमेत उपहार स्वरुप प्राप्त गरेका थिए ।
दैवले “तँ चिता म पुर्याउँछु” भन्छ भन्ने नेपाली उखान चरितार्थ भएको मेडिकल उपकरण खरिदमा चिनियाँ सरकारले उपलब्ध गराएको निशुल्क औषधि उपकरणलाई छोडेर कमिशनको लोभमा भएको ३ अर्ब भन्दा बढीको आर्थिक अपचलन पनि सरकारलाई कोरोना नामको महामारीले मिलाई दिएको थियो । सरकारमा रहेका केही भित्रिया मन्त्रीहरुदेखि केही असाध्यै नजिकका ओम्नी समूहजस्ता व्यापारी कम्पनीहरुको आर्थिक उपार्जनको राम्रो ब्यवस्था मिलाई दिने कोरोना महामारी र त्यसलाई सहयोग गर्ने सरकारको स्पष्ट नीतिले समेत ओली कार्यकालमा राम्रै उपलब्धि गरेको देखिएको छ ।
नामर्दहरुले भएको घरको संरक्षण र रेक्ट्रोफिटिङ्ग गर्नुभन्दा पनि बरु घरै भत्काई दिने अभियान मात्रै चलाएको देखिएन, नयाँ बनेको घर भत्काएर पुरानै घरको डाँडाभाटा जोरजाम गर्न नेकपा एमाले दल दर्ता अभियानका लागि चालिएको कदमलाई पनि वर्तमान सरकारको अत्यन्तै महत्वपूर्ण उपलब्धिका रुपमा लिईएको छ ।
वाईडबडी खरिदको आर्थिक अनियमितताका कुराहरु सामान्य जनताले बुझ्न सक्ने कुरै भएन । राज्यको अर्बौ सम्पत्ति आफ्नो गुटका नेता तथा कार्यकर्ताको भरणपोषण र व्यवस्थापनमा खर्च गर्न सक्नु पनि वर्तमान ओली सरकारको महत्वपूर्ण उपलब्धिका रुपमा इतिहासमा लेखिनेछ । मुलुकमा निर्माणाधिन राष्ट्रिय गौरवका आयोजनाहरुमा भएको आर्थिक चलखेलका सूचनाहरुले पनि ओली नेतृत्व सरकारको कार्यकालमा राम्ररी नै बजार पाएको देखिन्छ । सरकारको स्वामित्वमा रहेका विभिन्न ट्रष्ट तथा सरकारी जग्गाहरुको व्यापारी कम्पनीहरुलाई हस्तान्तरणले पनि सरकारको राष्ट्रवादी छविलाई उजिल्याउन सहयोग पुर्याएको देखिन्छ ।
पैसाले अपुग भएपछि वर्तमान सरकारले पैसा छाप्ने मेसिन आफै खरिद गर्ने भनेर भएका र गरेका ७० करोडसम्मका बार्गेनिङ्गका अडियो रेकर्डहरुबाट सरकारका मन्त्रीहरुले राज्यको विकासनिर्माणमा राम्रै आर्थिक बार्गेनिङ्गको सेटिङ्ग मिलाउँदा रहेछन् भन्ने कुरा जनताले बुझ्ने गरी हेर्न र सुन्न पाए भने केही मन्त्रीले सेटिङ्ग मिलाउँदा मिलाउँदै मन्त्रिपदबाट हात समेत धोएका घटनाले सरकारको आर्थिक पारदर्शिताको औचित्यलाई थप पुष्टि गर्न सफल भएको देखिन्छ ।
जनताका प्रतिनिधि हौं भन्ने नेपालका सभासदहरुलाई सरकारले चाह्यो भने कसरी दिनदहाडै अपहरण गर्न सक्छ भन्ने दर्बिलो उदाहरण पनि वर्तमान ओली सरकारले सांसदहरुको अपहरण गरेर पुष्टि गरिदिएको छ । आफ्नै दल भित्र एकता कायम गराउन नसकेपछि ल्याईएको दल बिभाजन सम्बन्धि अध्यादेश पनि छिनभरमै तुहिन पुगेको कुराले वर्तमान प्रधानमन्त्रीको दौराको फेरो कत्तिको कसिलो छ ? भन्ने कुराको प्रमाण हिजो अस्ति नै पुष्टि गरि दिईसकेको छ ।
नामर्दहरुले भएको घरको संरक्षण र रेक्ट्रोफिटिङ्ग गर्नुभन्दा पनि बरु घरै भत्काई दिने अभियान मात्रै चलाएको देखिएन, नयाँ बनेको घर भत्काएर पुरानै घरको डाँडाभाटा जोरजाम गर्न नेकपा एमाले दल दर्ता अभियानका लागि चालिएको कदमलाई पनि वर्तमान सरकारको अत्यन्तै महत्वपूर्ण उपलब्धिका रुपमा लिईएको छ ।
वर्तमान सरकार यत्तिसम्म लोकतान्त्रिक र उदारतावादी देखियो कि सरकारको आलोचना गर्ने जो कोहीलाई पनि ज्यानै मार्नेसम्मका धम्कीहरु महामहिमहरुका सल्लाहकारहरुबाटै असरल्ल सडकमा पोखिए । जनताले देश र जनता बिरोधी रहेको भनेर कराई रहँदा पनि देश र जनताका पक्षमा नरहेको एमसीसी परियोजना सम्झौता गर्न वर्तमान सरकारले खेलेको भूमिकालाई पनि सामान्य उपलब्धिका रुपमा लिनु भूल हुनेछ । एमसीसी संझौता संसदबाट पास नहुँदै सरकारले कार्यान्वयन चरणमा लैजानु पनि सरकारको बिकासप्रतिको हतारो प्रष्ट बुझ्न सकिन्थ्यो ।
उज्यालो नेपालका महानायक कुलमान घिसिंङ्गलाई लत्याउँदै आफ्नै सालो नाता पर्नेलाई भर्ति गर्न सक्ने वर्तमान सरकार पर्सामा आफ्नै पार्टीको कार्यकर्ता मार्न समेत पछि नपरेको देखिन्छ । उक्त हत्याकाण्डमा संलग्न ब्यक्तिलाई कानूनी कठघरामा ल्याउनुको सट्टा आफैं थुन्से बनेर छोप्ने र संरक्षण गर्न सक्नु पनि वर्तमान सरकारको कम आँकलन गरिने उपलब्धि हैन ।
मुलुकमा रहेका संबैधानिक अंगहरुमा गरिएका गुटगत नियुक्ति र दलगत भर्तिकेन्द्रका रुपमा परिवर्तन गर्दै लैजाने अभियानलाई पनि वर्तमान सरकारले प्रशस्तै समय दिएर काम गरेको देखिन्छ । सिंगो पार्टी पङ्गतिमा चरम असन्तोष र असमझदारी बढिरहेका बेला पार्टी भित्रको समस्या समाधानतर्फ कुनै ध्यान नदिई भएको पार्टी समेत दुईटुक्रा बनाउन निरन्तरको गुट भेला, प्रशिक्षण र मदन भण्डारी फाउण्डेशनका नाममा देशैभरी एउटा गुटको भेला तथा पूर्व एमालेहरुको मेला लगाउन सक्नु पनि वर्तमान ओली सरकारको महत्वपूर्ण उपलब्धिका रुपमा दर्ज भएको बिषय हुनुपर्छ । आफ्नो बिरोध गर्ने आफ्नै पार्टीका साथीहरु मात्र हैन सिंगो मिडियालाई नै नियन्त्रण गर्दै कक्य्राक्कै पार्ने गरी मिडिया काउन्सिल बिधेयक ल्याउन सक्नु पनि त सामान्य उपलब्धिका रुपमा लिनु भूल हुनेछ ।
जनताको प्रत्यक्ष प्रतिनिधित्व रहने प्रतिनिधिसभा (संसद) चल्दाचल्दै संसद अधिवेशन अन्त्य गर्दै अध्यादेशबाट देश चलाउन खोज्नु, देशमा संकटकाल लगाउन समेत तारन्तार छलफल र प्रयास गर्नु पनि वर्तमान सरकारको अतुलनिय उपलब्धिका रुपमा लिईनेछ । आफैले गरेका चीनसँगका बिकास सम्बन्धि संझौताहरुको कार्यान्वयनमा अरुची देखाउने मात्र हैन मन्त्रालयस्तरमा भ्रष्टाचारको संभावना र त्यसबाट प्राप्त हुनसक्ने आम्दानीका बिषयमा संभाब्यता अध्ययन गर्ने गिरोहहरुको बिज्ञ टोली गठन गर्न समेत पछि नपर्ने वर्तमान सरकार सचिवलाई उचालेर मन्त्रालयको मन्त्रीलाई नै दवाव दिनसक्ने अवस्थासम्म पुर्याउनु र आफ्नाे गुट भन्दा बाहिरको आफ्नै दलको मन्त्रीलाई समेत काम गर्ने वातावरण बन्न नदिनु अनि मन्त्रीले काम गर्नै सकेन भनेर फलाक्दै हिडनु पनि वर्तमान सरकारको महत्वपूर्ण उपलब्धिहरुको सूचीमा पर्ने बिषयहरु यहाँ छुटाउनु हुँदैन जस्तो लाग्छ ।
बालुवाटारको जग्गा अतिक्रमणको बिषयमा आफ्नै दलका वरिष्ठ नेताहरुको नाम मुछिदाँ समेत सत्यतथ्य पत्ता लगाउन भन्दा ढाकछोप गर्न हतारिएको वर्तमान सरकार भोकमरीको चपेटामा परेका राजधानीकै केन्द्रमा रहेका निमूखा जनतालाई सहयोगी हातहरुले वितरण गरेको निशुल्क खाना खुवाउने कार्यक्रमलाई भने रोक लगाउन सक्षम हुनुलाई पनि वर्तमान सरकारको बहादुरीपूर्ण कार्यका रुपमा लिनु पर्दछ । उज्यालो नेपालका महानायक कुलमान घिसिंङ्गलाई लत्याउँदै आफ्नै सालो नाता पर्नेलाई भर्ति गर्न सक्ने वर्तमान सरकार पर्सामा आफ्नै पार्टीको कार्यकर्ता मार्न समेत पछि नपरेको देखिन्छ । उक्त हत्याकाण्डमा संलग्न ब्यक्तिलाई कानूनी कठघरामा ल्याउनुको सट्टा आफैं थुन्से बनेर छोप्ने र संरक्षण गर्न सक्नु पनि वर्तमान सरकारको कम आँकलन गरिने उपलब्धि हैन ।
आफ्नै पार्टीको आफैले बनाएको स्थायी कमिटीलाई हुल हुज्जतबाजहरुको भीड भन्न भ्याउने वर्तमान सरकारका सारथि आफ्नै दलको स्थायी र केन्द्रिय समितिमा रहेका आफ्नै दलका नेताहरुलाई समेत सडकछापको बिल्ला भिराउन सक्नु पनि सामान्य मर्दाङ्गिनीको काम हैन् । चुच्चे नक्सा छपाउने र हटाउने काममा खर्चिएको समय, राज्यको लगानी र भारतका सामू देखिएको भक्तिभावको अनौठो नमूना पनि वर्तमान सरकारको असाध्यै उत्साहपूर्ण कार्यका रुपमा नेपाली जनताले लिएका छन् ।
भारतसँग देखाएको भक्तिभावको उपहारका रुपमा भारतले दिएको विश्वास तथा “रअ” प्रमूखसँगको गोप्य साँठगाँठको दुर्गन्ध पनि वर्तमान सरकारको उल्लेख्य उपलब्धि भित्र पर्ने कार्य हुन आउँछ । लोकतान्त्रिक राज्य ब्यवस्थामा राजनीतिक दलको औचित्य, महत्व, बिधि बिधान र पार्टीको निर्णय नै नमान्ने जंगबहादुर शैली पनि वर्तमान सरकारले बसालेको अत्यन्तै राम्रो थितिका रुपमा लिईन थालिएको छ ।
आफु कालान्तरका लागि प्रधानमन्त्री बनेको बताउने वर्तमान प्रधानमन्त्री कसैले राजीनामा मागे प्रधानमन्त्रीकै कुर्सी भाँचिदिनेदेखि बेला न कुबेला मध्यावधि निर्वाचन गराउन भन्दै संविधानमा कहि कतै नलेखिएको संसद बिघटनको हतारोमा गरिएको अभियानलाई पनि नेपाली जनताले वर्तमान सरकारको अत्यन्तै महान उपलब्धिपूर्ण कामका रुपमा लिएका छन् ।
सरकारकै पक्षमा नारा लगाउन आफ्ना पाखुरेहरु सडकमा ओराल्नेदेखि आफ्नै दलका नेताहरुको चरित्रहत्या गर्नेसम्मका अभिब्यक्तिसम्म ओर्लिने हिम्मत पनि यो सरकारले अत्यन्तै बहादुरिताका साथ गरिरहेको देखिन्छ । जनता सामान्य सिटामोल समेत खान नपाएर, कोरोनाको चेकजाँच गर्न नपाएर, महिनौको बन्दाबन्दीमा भएको चौपट ब्यापार ब्यवसाय र निराशाजनक आर्थिक उपार्जनबाट आजित भएर मृत्यू किन्ने अवस्थामा पुग्दा समेत वर्तमान सरकारको शितलनिवास र बालुवाटारको सेवा सुविधा बृद्धिको अभियानलाई मात्र हैन गरिब देशका सुबिधाभोगी राष्ट्रपतिलाई निजी हेलिकप्टरदेखि पिर्के सलामीसम्मका अभियानहरुले वर्तमान सरकारका राम्रा कामको सूचीमा एक ईँटा थप गर्न मद्धत पुर्याएको देखिन्छ ।
राष्ट्रपति जस्तो सम्मानित संस्था र कार्यालयमा तारन्तारका पार्टी नेता तथा कार्यकर्ताहरुको भेला, जमघट, सुझाव संकलन र कार्ययोजना सहितका लिखतहरुको आदानप्रदान गर्न सक्ने वातावरण मिलाउन सक्नु पनि वर्तमान सरकारको कम महत्वपूर्ण काममा पर्ने बिषय नै हो । आफु संघीय संसदको सदस्य भन्दै संघीय सरकारको प्रधानमन्त्री बनेर प्रदेशसभालाई संघको ईकाई भन्न सक्ने प्रधानमन्त्री पनि अब फेरी देशले पाउला नपाउँला ?
संविधानमा उल्लेख भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णयको समेत खारेजी गराउन सक्ने वर्तमान सरकारले आप्mनो मन्त्रिमण्डलमा रहेका सक्षम मन्त्रीहरुको बर्खास्ती गर्न समेत कुनै आईतबार नबारेको देखिन्छ । डा. गोविन्द केसीसँगका सम्झौताहरुको कार्यान्वयनमा उदासिनता देखाउन सफल वर्तमान सरकारले मिडियाहरुमाथि लगाउन खोजिएको अंकुश पनि उत्तिकै पछिसम्म संझनलायक कामहरु भित्र पर्नेछन् ।
आफु कालान्तरका लागि प्रधानमन्त्री बनेको बताउने वर्तमान प्रधानमन्त्री कसैले राजीनामा मागे प्रधानमन्त्रीकै कुर्सी भाँचिदिनेदेखि बेला न कुबेला मध्यावधि निर्वाचन गराउन भन्दै संविधानमा कहि कतै नलेखिएको संसद बिघटनको हतारोमा गरिएको अभियानलाई पनि नेपाली जनताले वर्तमान सरकारको अत्यन्तै महान उपलब्धिपूर्ण कामका रुपमा लिएका छन् ।
यसरी सर्सर्ति हेर्दा जोसुकैले जेसुकै कुरा भने पनि वर्तमान सरकार अत्यन्तै लोकतान्त्रिक, सभ्य, बिकासप्रेमी, पार्टी र जनता दुबैप्रति अत्यन्तै उत्तरदायी, जनताका समस्या र अप्ठ्याराहरुको सारथी र बिदेशी कुटनीतिमा समेत अत्यन्तै अब्बल रहेको अनुमान लगाउन सकिदैन र ???
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार
चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागु : विदेश मन्त्रालय
मंसिर ७, २०८१ शुक्रबार
एयर बेलुनबाट दृश्यावलोकन
मंसिर ७, २०८१ शुक्रबार
काँडे भ्याकुर ‘स्पाइनी ब्याबलर’
मंसिर ७, २०८१ शुक्रबार
बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
मंसिर ७, २०८१ शुक्रबार