प्रधानमन्त्रीको कदम अग्रगामी भएको खानेपानीमन्त्रीकाे जिकिर
नेपालबहस संवाददाता
पुस २१, २०७७ मंगलबार २०:३३:५२
२१ पुष, काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले राजनीतिक स्थायित्वका लागि निर्वाचनमा जानाको विकल्प नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोट जिल्ला भेलालाई सम्बोधन गर्न जाने क्रममा सुर्खेतमा आज पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाले मुलुकलाई पुनः स्थायित्व दिने बताए ।
उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम अग्रगामी भएको जिकिर गर्दै भने, “कतिपय शक्तिले यसलाई प्रतिगामी भनेका छन्, राजनीतिशास्त्रको सिद्धान्तले पनि सरकार वा प्रणाली सङ्कटमा पर्यो भने चुनावमै जाने हो”, उनले भने, “त्यसैले प्रतिनिधिसभा विघटनलाई प्रतिगामी कदम मान्न सकिन्न, ताजा जनादेशका लागि निर्वाचनमा जानु अग्रगामी कदम हो ।”
नेकपा स्थायी कमिटी सदस्य थापाले नेकपा गम्भीर सङ्कटमा फसे पनि विभाजन भइनसकेको बताउँदै आगामी निर्वाचनसम्म पार्टीमा देखिएको सङ्कट समाधान हुने सम्भावना कायमै रहेको धारणा राखे । नेकपा कर्णाली प्रदेश संयोजन गर्ने जिम्मेवारी पाएका खानेपानीमन्त्री थापाले औपचारिक रुपले पार्टी विभाजन नभइसकेकाले नेता कार्यकर्ताको व्यवस्थापन हुन बाँकी रहेको बताए ।
प्रदेश सरकार फेरबदलबारेमा कुनै प्रकारको छलफल नभएको बताउँदै उनले भने, “अहिले प्रदेशसभा वा प्रदेश सरकार भङ्ग गर्ने कुनै सम्भावना छैन ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
पुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार