निर्वाचन र सहमतिबाट कञ्चनजङ्घा संरक्षण क्षेत्रमा २९ वटा समूह गठन

नेपालबहस संवाददाता
पुस २१, २०७७ मंगलबार २३:४०:५२

२१ पुष, फुङ्लिङ । ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्अन्र्तगत ११८ समूहमध्ये मंगलबारसम्म २९ समूह गठन भएको छ । परिषद्अन्तर्गत प्रमुख ७ उपभोक्ता समिति रहेका छन् । सात उपभोक्ता समितिभित्र उपभोक्ता समूह, आमा समूह र सामुदायिक वन उपभोक्ता गरी ११८ समूह रहेका छन् । परिषद्को पाँच वर्ष कार्यावधि र थप एक वर्ष कार्यावधि गत जेठ २८ मा समाप्त भएपछि परिषद्सँगै सबै समूह विघटन भएको थियो ।
फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गत लालीगुराँस उपभोक्ता समितिभित्र १४ मध्ये चार समूह निर्वाचन प्रक्रियाबाट र पाँच समूह सहमतिबाट गठन भएको छ । लालीगुराँस उपभोक्ता समितिअन्तर्गत आमा समूह १३ छन् । तीमध्ये एउटा निर्वाचन प्रक्रियाबाट र पाँच सहमतिबाट गरी कूल ६ आमा समूह गठन भएका छन् ।
सामुदायिक वन उपभोक्ता समूह नौ मध्ये तीन निर्वाचन प्रक्रियाबाट र तीन सहमतिबाट गरी कूल छ सामुदायिक वन उपभोक्ता समूह गठन प्रक्रिया पूरा गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका संरक्षण व्यस्थापन परिषद्का कार्यक्रम साहायक जीतेन चेम्जोङले बताए । उनले आमा समूह दुई, उपभोक्ता समूह एक र सामुदायिक वन दुई गरी कूल पाँच समूह आज गठन हुने जानकारी दिए ।
यसैगरी सिरिजङ्घा गाउँपालिकाअन्तर्गत कञ्चनजङ्घा उपभोक्ता समितिमा पाँच समूहमध्ये दुई सहमति प्रक्रियाबाट गठन भएको छ । आमा समूह चारमध्ये दुई सहमति प्रक्रियाबाट गठन भएको परिषद्का लेखा अधिकृत मनकुमार लिम्बूले जानकारी दिए। कञ्चनजङ्घा उपभोक्ता समितिमा आज एक आमा समूह र एक सामुदायिक वन गरी दुई समूह गठन हुने उनले जानकारी दिए । परिषद्को सात उपभोक्ता समितिअन्तर्गत उपभोक्ता समूह ४६, आमा समूह ३८ र सामूदायिक वन उपभोक्ता समूह ३४ रहेका छन् ।
गत पुष १७ देखि माघ ८ गतेसम्म परिषद् अध्यक्षको निर्वाचन हुने समय तालिकामा उल्लेख छ । निर्वाचन प्रक्रियाबाट संरक्षण क्षेत्र व्यस्थापन परिषद्को अध्यक्ष निर्वाचित भएपछि परिषद्को गठन प्रक्रिया पूरा हुनेछ । कोरोना संक्रमण जोखिमका कारण परिषद्को गठन प्रक्रिया रोकिएको थियो । गत १७ पुसदेखि ८ माघसम्ममा परिषद् गठन सम्पन्न गर्ने तयारी रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी
फागुन १२, २०८१ सोमबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भारतका चार तेल कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप
फागुन १४, २०८१ बुधबार
बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव
फागुन १४, २०८१ बुधबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार