नगर प्रमुख ओलीलाई दमक कांग्रेसले बुझायो ४ सुत्रीय ज्ञापन पत्र
नेपालबहस संवाददाता
पुस २१, २०७७ बुधबार १:५९:१९
२१ पुष, झापा । नेपाली कांग्रेस दमक नगर समितिको अगुवाईमा दमक नगरपालिका क्षेत्रभित्र रहेका विद्यालयहरुमा देखिएका विभिन्न प्रकारका रोगहरु र महामारीको समस्याबाट उत्पन्न परिस्थितिका बिषयमा स्थानीय सरकारकाे रूपमा रहेकाे दमक नगरपालिकाको ध्यानाकर्षण गराउँदै ज्ञापन–पत्र बुझाएको छ ।
नेपाली कांग्रेस दमक नगर समितिले हालै गरेको निर्णय अनुसार दमक क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा स्थानीय सरकारको हवाला दिदैं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले विद्यालयहरुमा गरिरहेको राजनीतिक हस्तक्षेप र बढदो राजनीतिकरणका बिषयमा समेत नगर प्रमुख रोमनाथ ओलीको ध्यानाकर्षण गराइएको दमक कांग्रेसका युवा नेता तथा नेपाली कांग्रेस दमक शिक्षा समितिका संयोजक पर्शुराम रिजालले नेपालबहस डटकमलाई बताएका छन् ।
दमक नगरपालिकाले एकलौटी रुपमा विद्यालयमा निर्माण गरेको ३ सदस्यीय कथित कामचलाउ विद्यालय व्यवस्थापन समिति र समितिमा देखिएको स्पष्ट राजनीतिक लेपनले सिंगो दमकको सामुदायिक विद्यालयहरुमा नेकपाको राजनीति घुसेको प्रष्ट भएको बताउँदै नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता घनेन्द्रराज योङ्गयाले वर्तमान नेकपा सत्ताको उन्मादले बौलाई रहेको देखिएकोले यसको ईलाज अब गर्नुपर्ने दिन आईसकेको बताए । शिक्षा क्षेत्रलाई सधैं राजनीतिको आँखाले हेर्ने दमक नगरपालिकाको हेराईमा परिवर्तन नभए अब नेपाली कांग्रेस दमकले अत्यन्तै कठोर कदम चाल्ने आक्रोश समेत नेता घनेन्द्रराज योङ्गयाले हामीसँगको कुराकानीमा बताएका थिए ।
विगतमा भएका सहमति र सम्झौताहरुलाई एकातिर लत्याएर सधैं दलगत स्वार्थपूर्तिमा मात्रै लिप्त भएर नगरपालिका अगाडि बढे अब नेपाली कांग्रेस जनताका सवालहरुलाई लिएर सडकमा आउने र त्यसबाट उत्पन्न परिस्थितिको सामना गर्न दमक नगरपालिका तैयार रहन चेतावनी दिंदै नेपाली कांग्रेसका महासमिति सदस्य सुरेश सुब्बाले दमक नगरपालिकाको एकलौटीपनको चपेटामा सिंगो दमकबासीले समस्या भोग्नु नपरोस भन्दै नगरबासीको समस्यामा अब नेपाली कांग्रेस दमक खरो उत्रनु पर्नेमा जोड दिएका थिए ।
नेपाली कांग्रेसको प्रतिनिधि मण्डलले दमक नगरपालिकालाई विगतमा भएका सहमतिका आधारमा अगाडि बढन सचेत गराउँदै सहमतिका बुँदाहरु एकातर्फ र कार्यान्वयनको चरण अर्कोतर्फ भएर नै अहिले दमकको शिक्षा क्षेत्र गञ्जागोल बन्दै गएको नेपाली कांग्रेस प्रदेश ख का संयोजक पदम सुब्बाले बताएका छन् । नगरपालिकाको थेत्तरोपनबाट दमकबासीहरुले असाध्यै धेरै दुःख पाईरहेको भन्दै आक्रोसित सुब्बाले भने नेपाली कांग्रेसको संयमतालाई नेकपाको बहुमत प्राप्त दमक नगरपालिकाले आफ्नाे बहादुरी सम्झेको हो भने त्यो उसको भूल हुनेछ भन्दै अब दमक कांग्रेस जनताका सानो भन्दा सानो समस्यामा पनि नगरपालिकालाई सुसुचित गराउँदै स्थानीय जनताको समस्यामा दरो खम्बा भएर उभिने बताए ।
नेपाली कांग्रेसको प्रतिनिधि मण्डलसँगको छोटो कुराकानीमा दमक कांग्रेसद्धारा ४ सुत्रिय माग राखी बुझाईएको ज्ञापनपत्र ग्रहण गर्दै नगर प्रमूख रोमनाथ ओलीले आफु यस ध्यानाकर्षणबाट अत्यन्तै प्रभावित भएको र विद्यालयहरुमा भईरहेका र विद्यालयले भोगिरहेका समस्याहरुका बिषयमा अत्यन्तै नजिकबाट महशुस गरिरहेको बताउँदै चाँडै सर्वपक्षिय सहमतिको प्रकृयाबाट विद्यालय व्यवस्थापन समिति गठन शुरु गर्न सम्बन्धित शिक्षा शाखालाई निर्देशन दिईने बताएका छन् ।
शिक्षा नियमावली एकातिर र दमक नगरपालिकाको कार्यबिधि अर्कोतर्फ भएको देखिएकोले दमकको शैक्षिक क्षेत्रमा समस्या देखिएकोले अब बन्ने विद्यालय व्यवस्थापन समितिमा समाजसेवी, चन्दादाता, शिक्षाप्रेमी र स्थानीय राजनैतिक दलहरुसँगको संयुक्त सहकार्यबाट मात्रै गठन प्रकृया अगाडि बढाउनु पर्ने कुरामा दमक कांग्रेसका शिक्षा प्रमूख नेता रिजालको भनाई रहेको प्रतिनिधि मण्डलका एक सदस्यले बताएका छन् ।
शिक्षा ऐनले निशुल्क भनी तोकिएका कक्षाहरुसम्मको निशुल्क शिक्षाको अनुभूति नागरिकहरुले गर्न पाउनु पर्ने कुरामा जोड दिंदै दमक नगर सभापति रोशन बिष्टले नेपाली जनताका छोराछोरीहरुले राज्यद्धारा उपलब्ध गराईएको निशुल्क शिक्षा कस्तो हुन्छ ? भनेर अनुभूति नै गर्न नपाएको भन्दै चिन्ता गरेका थिए ।
नेपाली कांग्रेस क्षेत्र नं. ५ का क्षेत्रिय सभापति ढुंढीराज भण्डारीले नगरपालिकासँगको पटक पटकको सहमति कार्यान्वयन नै नभएको बताउँदै अब फेरि सहमति भन्दै नेपाली कांग्रेस नगरपालिकाको गेट भित्र नपस्ने भन्दै आक्रोश व्यक्त गरेका थिए । नेता भण्डारी नेपाली कांग्रेस दमक लगायत सिंगो क्षेत्र नं. ५ को रानोको रुपमा रहेका एक ज्वजल्यवान नक्षत्र हुन जसको नेतृत्वमा नेपाली कांग्रेसले संघीय तथा स्थानीय निर्वाचन सम्पन्न समेत गरेको छ ।
ज्ञापनपत्र बुझाउने क्रममा दमक नगरपालिकाका प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सिना, शिक्षा शाखा प्रमूख दिनेश न्यौपाने लगायतलाई समेत नेपाली कांग्रेसले बुझाएको ज्ञापनपत्रका बारेमा जानकारी गराईएको नेपाली कांग्रेसका झापा जिल्ला सहसचिव राजेन्द्र भण्डारी बताउँछन् ।
ज्ञापनपत्र बुझाउन जाने कांग्रेसका नेताहरुमा क्रमशः महासमिति सदस्य शेरबहादुर भट्टराई, महाधिबेशन प्रतिनिधि घनेन्द्रराज योङ्गया, नेपाली कांग्रेस प्रदेश ख का सभापति पदम सुब्बा, क्षेत्रिय सभापति ढुण्ढीराज भण्डारी, दमक नगर समितिका सभापति रोशन बिष्ट, शिक्षा संयोजक पर्शुराम रिजाल, शिक्षाबिद नारायण प्रसाद शर्मा, जिल्ला सहसचिव राजेन्द्र भण्डारी, नगर उपसभापति राजकुमार गौतम गायतको उपस्थिति रहेको नेता पर्शुराम रिजालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
मंसिर १५, २०८१ शनिबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार