माघ १ गतेदेखि भक्तपुरका विद्यालय पूर्ण रुपमा खुल्ने
नेपालबहस संवाददाता
पुस २१, २०७७ बुधबार २:१:५१
२१ पुष, भादगाउँ । भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै विद्यालय आगामी माघ १ गतेदेखि पूर्णरुपमा सञ्चालन हुने भएको छ । नगरपालिकाको नगर शिक्षा समितिको आज बसेको बैठकले आगामी माघ १ गतेदेखि सबै विद्यालय पूर्णरुपमा सञ्चालन गर्ने निर्णय गरेको हो । जसअनुसार भक्तपुर नगरभित्रका विद्यालयहरुमा बालविकासदेखि कक्षा १२ सम्मका कक्षाहरु विद्यार्थीहरुको भौतिक उपस्थितिमा सञ्चालन हुने भएको छ ।
यसअघि नगरपालिकाले गत पुस १ गतेदेखि नगरका सामुदायिक र संस्थागत विद्यालयका कक्षा ८, ९ र १० सञ्चालन गर्ने अनुमति दिएको थियो । सो अनुमतिसँगै नगरभित्रका विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुँदै आएको छ ।
नगरपालिकाले विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विभिन्न पेशागत सङ्घसंस्थाका प्रतिनिधिहरुसँगको छलफल र सो छलफलमा प्राप्त सुझावका आधारमा माघ १ गतेदेखि विद्यालय पूर्णरुपमा सञ्चालन गर्ने निर्णय गरिएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।
“कोरोनाका कारण लामो समयसम्म विद्यालय बन्द भई विद्यार्थीहरूको पठनपाठनमा प्रत्यक्ष असर परिरहेको कुरालाई ध्यानमा राखी अभिभावकहरूको पूर्वस्वीकृति, व्यवस्थापन समितिको निर्णय र पूर्वतयारी तथा कार्ययोजना बनाई बालविकासदेखि कक्षा १२ सम्मका कक्षाहरू आगामी माघ १ गतेदेखि सञ्चालन गर्न गराउन विद्यालयहरूलाई पत्राचार गर्ने निर्णय गरेका हौँ”, नगरप्रमुख प्रजापतिले भने ।
उनले विद्यालय सञ्चालनका क्रममा विद्यार्थी तथा शिक्षक÷कर्मचारीहरूमा कोभिड– १९ सम्बन्धी कुनै समस्या देखिएमा आवश्यकताअनुसार विद्यालय पूरै वा आंशिक बन्द गर्न नगर शिक्षा शाखाबाट निर्देशन दिन सकिने व्यहोरा पनि सबै विद्यालयहरूलाई जानकारी गराउने निर्णय भएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार