बजार केही वृद्धि हुन खोज्दा कहाँ निर छ प्रतिरोध ? (आजको बजार विश्लेषण)
आर्थिक संवाददाता
पुस २२, २०७७ बुधबार २१:३७:१९
पुष २२, काठमाडाैं । केही दिन देखि सामान्य करेक्सनमा देखिएको बजारमा आज भने नेप्से परिसूचक १३ दशमलव ०७ अंकले वृद्धि हुँदै २१७८ दशमलव ५७ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक शुन्य दशमलव ६० प्रतिशतले वृद्धि भएकोमा ४ अर्ब ४२ करोडको शेयर कारोवार भएको छ ।
दोश्रो बजार २१७० को विन्दुमा खुलेकोमा २१८५ को उच्च विन्दु सम्म पुगेको थियो । नेप्सेको आज न्यून विन्दु २१७० रहेको छ। आज बजार बन्द हुँदा थोरै माथिल्लो दिशा समात्दै वृद्धि हुन खोजेको थियो ।
बजार बुलिस ट्रेण्डमै रहेको र अहिलेको बजारको मुख्य प्रतिरोध २२०० को सामना गर्नु पर्ने छ । दुई कारोवार दिन अघि नेप्से परिसूचक २२०० माथि खुलेकोमा त्यो दिन बजार २२१६ को उच्च विन्दुसम्म पुगेको थियो तर त्यो दिन बजार २२०० माथि बन्द हुन असफल भएको देखिन्छ । यसको अर्थ बजारले केही दिन २२०० लाई मुख्य प्रतिरोधको रुपमा लिने छ र २५०० को यात्रा तय गन्रु पूर्व बजारको यो विन्दु पार गर्न प्रमुख लक्ष्य हुने छ।
केही समय अघि सम्मको कारोवार रकम हेर्दा अहिले बजारमा कारोवार रकमले भने त्यति साथ दिएको अवस्था छैन । केही समय अघि दैनिक ९ अर्ब सम्म कारोवार भएको हाम्रो बजारमा आज भने कारोवार रकम ५ अर्ब मुनी रहेको छ । बजारमा आकर्षक वृद्धि हुनको लागि कारोवार रकम पनि आकर्षक रुपमा वृद्धि हुनु पर्ने जानकार बताँउछन् । करेक्सन हुँदा कारोवार रकम घट्नु र बजार वृद्धि भएको दिन कारोवार रकम बढ्नु भनेको बुलिस मार्केटको लक्षण हुन्छ । त्यसैले अबको बजारले फेरी माथिल्लो दिशा समात्नको लागि ५-६ अर्ब माथि दैनिक कारोवारले साथ दिनु पर्ने हुन्छ।
हिजो हाईड्रोपावर उपसुचकमा आक्रामक वृद्धि भएकोमा आज सुरुवाती चरणमा राम्रो चहलपहल देखिएको थियो र त्यस पश्चात भने हाईड्रोपावर उपसुचकमा करेस्कन आएको छ । आज ट्रेडिङ्ग र हाईड्रोपावर उपसुचकमा मात्र गिरावट आउँदा अरु सम्पूर्ण उपसुचकमा वृद्धि देखिएको छ । आज सबै भन्दा धेरै लघुवित्त उपसुचकमा सर्वाधिक वृद्धि देखिएको छ । वाणिज्य बैंक उपसुचकमा पनि वृद्धि भएकोले आजको बजारमा केही टेवा मिलेको हो । सुरुवाती समयमा वाणिज्य बैंक उपसुचकमा थोरै बिक्री चाप आए पनि बजार बन्द हुँदा भने थोरै खरिदकर्ताको राम्रो उपस्थीतीको कारणले गर्दा भोलीको कारोवारको सुरुवाती चरणमा केही खरिदकर्ता आउँन सक्ने आँकलन गर्न सकिन्छ ।
केही समय देखि पुष मसान्तको असर दोश्रो बजारमा परेको अनुमान लगाउन सकिन्छ । पुष मसान्तमा बजारमा बिक्री चाप आउने र सो स्वाभाविक पनि भएको जानकार बँताउछन । यो वर्ष बजारमा अधिक तरलता भएको कारणले गर्दा ठूलो बिक्री चाप आउने सम्भावाना भने देखिएको छैन ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार