व्यावसायिक कृषिका लागि यान्त्रिकीकरण
नेपालबहस संवाददाता
पुस २२, २०७७ बुधबार २२:४:३२
२२ पुष, विराटनगर । परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई विस्थापित गरी व्यावसायिक कृषितर्फ उन्मुख गराउनका लागि विराटनगर महानगरपालिकाले कृषि यान्त्रिकीकरणलाई प्राथमिकतामा राखेको छ ।
यसका लागि महानगरपालिकाले किसानलाई रु १० लाख सहयोग प्रदान गर्ने भएको छ । यो सहयोगमा कृषकले रु १० लाख थपेर कृषि औजार रिपर खरीद गर्ने योजना बनाएको महानगरपालिकाका प्रमुख भीम पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले जानकारी दिए ।
विराटनगर–१९ मा रहेको खापटोलमा स्थानीय कृषकको समूहले २२ बिघा क्षेत्रफलमा गहँु खेती गरेका छन् । महानगरपालिकाको गहुँपकेट कार्यक्रमअन्तर्गत बरियाली कृषक समूहले खेती गरेका हुन् । समूहमा २५ जना किसान संलग्न छन् । त्यहाँ विजय जातको गहुँ लगाएका छन् । खेतीका लागि महानगरको कृषि शाखाले गुणस्तरयुक्त सो जातको बीउबिजन प्रदान गरेको थियो । यसका अलावा कृषकलाई विभिन्न कृषि औजार र व्यवस्थापनमा महानगरले सहयोग गरेको छ ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, कृषि विज्ञ र कर्मचारीसहितको टोलीले गहुँको पकेट क्षेत्रको स्थलगत निरीक्षण गर्दै कृषकका आवश्यकता र स्रोत साधनको व्यवस्थापनसमेतका विषयमा जानकारी लिए ।
सोही अवसरमा कृषकहरुद्वारा आयोजित छलफलमा समेत प्रमुख पराजुली सहभागी भएका थिए । कृषकले गहुँ र धान काट्ने आधुनिक कृषि औजार रिपर उपलब्ध गराइदिन माग गरेबमोजिम महानगरले रु १० लाख दिने भएको छ । यसमा कृषकले समेत रु १० लाख थप गरी रु २० लाखको लागतमा कृषि औजार खरीद गर्ने भएका छन् ।
विराटनगर–१८ र १९ मा कृषि गर्न योग्य क्षेत्र रहेका छन् । महानगरले यी दुवै क्षेत्रमा कृषिका कार्यक्रमहरु केन्द्रित गरेको छ भने कृषकका लागि विभिन्न सेवा दिँदै आएको छ । विराटनगर क्षेत्रमा खाली भूभागमा धान खेती, तरकारी खेती, मकैबाली, गहुँबाली जस्ता बाली लगाउने गरिएको छ भने केही किसानले आँपका बगैँचा पनि लगाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार