कर्णालीमा प्रभावकारी अनुगमनका लागि संयन्त्र गठन
नेपालबहस संवाददाता
पुस २२, २०७७ बुधबार २३:२२:३८
२२ पुष, सुर्खेत । कर्णाली प्रदेश योजना आयोगले प्रदेश सरकारले सञ्चालन गरेका आयोजनाको अनुगमन गर्ने भएको छ । चालु आवमा प्रदेश सरकारद्वारा सञ्चालित आयोजना तथा कार्यक्रमको प्रभावकारी अनुगमनका लागि संयन्त्र गठन गरेर अनुगमन गरिने भएको हो ।
प्रदेश सरकारले सञ्चालन र कार्यान्वयन गरिरहेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी अनुगमनका लागि विषयगत मन्त्रालयको सहभागितामा अनुगमन संयन्त्र गठन गर्ने भएको हो । योजना आयोगका पदाधिकारीको नेतृत्वमा विषयगत मन्त्रालयका कम्तीमा अधिकृतस्तरका प्रतिनिधिसहितको अनुगमन संयन्त्र गठन गरेर सरकारका हरेक आयोजनाको अनुगमन गरिने योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाले जानकारी दिए ।
उनका अनुसार अनुगमन टोलीले अनुगमनका क्रममा आयोजना तथा कार्यक्रममा देखिएका समस्या तथा समाधानका उपायबारेमा प्रदेश सरकारलाई प्रतिवेदन दिनेछ । त्यसका आधारमा सरकारलाई थप योजना निर्माण तथा कार्यान्वयनमा सहयोग पुग्ने डा रोकायाले विश्वास व्यक्त गरे ।
प्रदेश योजना आयोगले प्रदेश सरकारका विषयगत मन्त्रालयका सचिवसँग बैठक गरी प्रदेशभित्र सञ्चालन हुने आयोजनाको अध्यावधिक विवरण प्रदेश आयोजना बैंकका लागि १० दिनभित्र उपलब्ध गराउने निर्णय गरेको सदस्य उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
पुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
भारतमा दश जना मावोवादी विद्रोहीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार