नगरपालिकाको सहयोगमा ओडारमा बस्ने वृद्धासहित चारको उद्धार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस २२, २०७७ बुधबार २३:२६:४९
![](https://nepalbahas.prixacdn.net/media/albums/jumla-1_1gBtDrSFK3.jpg)
२२ पुष, जुम्ला । नौ महिनादेखि ओडारमा बस्दै आएकी वृद्धा महिलासहित चार जनालाई उद्धार गरिएको छ । सडक मानवमुक्त कर्णाली प्रदेश घोषणाको कार्यन्वयनस्वरुप भइरहेको अभियानअन्तरगत आज जिल्ला प्रशासन कार्यालयको समन्वय र चन्दननाथ नगरपालिकाको सहयोगमा महिलासहित चार जनाको उद्धार गरिएको हो ।
चन्दननाथ–३ स्थित गच्चु साँघु ओडारमा बस्दै आएकी दैलेख स्थायी घर बताउने वृद्धा कमला कुमाई, चन्दननाथ–९ निवासी पुनी तिरुवा, तातोपानी गाउँपालिका–५ निवासी बाहुनी लाटी र सिञ्जा गाउँपालिका घर बताउने प्रेमकली नेपालीलाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।
उनले भने, “यही पुस १६ गते सडक मानवको तथ्यांक सङ्कलन गरी सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा उद्धार गर्ने तथा आश्रयका लागि सुर्खेत पठाउने निर्णय भएअनुसार पहिलो चरणमा चार जनाको उद्धार गरिएको हो ।”
उद्धार गरी पठाइएका चार महिलामध्ये एक जना स्पष्ट बोल्न नसक्ने र शारिरिक अपाङ्ग भए पनि अन्य तीन जना भने मानसिक समस्या भएका छन् । शारीरिक तथा मानसिक रुपमा अपाङ्ग भएका सडक मानवलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा सुर्खेतस्थित मानव सेवा आश्रममा पठाइएको प्रजिअ थापाले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले चार जनालाई लिएर चन्दननाथ नगरपालिकाका विपद् व्यवस्थापन संयोजक लक्ष्मीचन्द्र न्यौपाने सुर्खेत लगेर गएकाे बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार