“बहिनी बाँच्न चाहन्छे सबैले सक्दो सहयोग गरिदिनुस्, जीवन बचाइदिनुस्”
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस २३, २०७७ बिहिबार १२:२१:०
![](https://nepalbahas.prixacdn.net/media/albums/mutu-e1609980652238_GBZwMVGLAM.jpeg)
२३ पुष, बागलुङ । मिर्गौला रोगबाट ग्रस्त बहिनीको उपचारमा अर्थाभाव भएपछि दाजुले सहयोगको याचना गरेका छन्। निसीखोला गाउँपालिका–१ का भक्तबहादुर पुनले बहिनी सुशीलाको नयाँ जीवनका लागि सहयोगको हात थापेका छन् ।
“बहिनी बाँच्न चाहन्छे, सबैले सक्दो सहयोग गरिदिनुस्, बहिनीको जीवन बचाइदिनुस्”, बुधबार सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा पुनले भने । उनले ३३ वर्षीय बहिनीको भविष्यलाई लिएर आफ्नो परिवार चिन्तामा परेको बताए ।
डेढ वर्षअघि रोग पहिचान भएपछि बहिनीको उपचारका लागि पाल्पा, भैरहवा हुँदै पोखरासम्मका अस्पतालमा धाएको पुनले सुनाए । सुशीलाको अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । शुरुमा पाल्पाको मिसन अस्पतालमा १२ दिनसम्म राखेपछि चिकित्सकले भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्समा रिफर गरेका थिए । पछि भैरहवामा पनि उपचार सम्भव नभएपछि पोखरा लगिएको पुनले बताए। त्यतिञ्जेलसम्म उपचारमा सवा दुई लाख जति खर्च भइसकेको थियो ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार थालेको पनि झण्डै एक वर्ष हुन थालेको छ । गत वर्ष फागुनयता मिर्गौलाको नियमित डायलासिस भइरहेको छ । दुवै मिर्गौलाले काम नगरेपछि पेरिटोनियल विधिबाट दैनिक तीन पटक डायलासिस गर्नुपर्छ । डायलासिससहित उपचार र हेरचाहमा अहिले मासिक रु ३० हजार खर्च भइरहेको छ ।
“आठ लाखभन्दा बढी खर्च भइसक्यो, उपचार धान्नै नसक्ने अवस्था भयो, सामान्य खेतीकिसानी गरेर खाने परिवारलाई गाह्रो हुँदोरहेछ”, पुनले भने । उनले डायलासिसका लागि सरकारले दिने छुटबाहेक पनि उपचारमा धेरै खर्च भइरहेको बताए । डायलासिस सेवा निःशुल्क दिने सरकारको नीति छ ।
मिर्गौलासम्बन्धी रोगमा लामो समयसम्म उपचार गर्नुपर्ने र महँगो पनि पर्ने हुँदा परिवारलाई अफ्ठेरो स्थिति आइलागेको पुनको भनाइ छ । सोचे जसरी सहायता जुटेमा सुशीलाको मिर्गौला प्रत्यारोपण गर्ने योजनामा पुन परिवार छ । प्रत्यारोपण नगरेमा भने जीवनभर डायलासिस गर्नुपर्ने हुन्छ । ‘सुशीला पुन उपचार सहयोग समिति’मार्फत आर्थिक सङ्कलन अभियान थालिएको बागलुङ नगरपालिका–९ का वडाध्यक्ष एवं मगर संघ बागलुङका अध्यक्ष गणेश थापाले बताए ।
उहाँले विपन्न व्यक्तिको उपचारमा स्वतःस्फूर्त सहयोग जुट्नेमा विश्वास व्यक्त गरे । पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले स्थानीय तहदेखि राज्यका निकायबाट पनि सहयोग जुटाउन पहल गर्नुपर्ने बताए । सत्र वर्षको उमेरमा विवाह गरेर डेढ वर्ष नहुँदै श्रीमानसँग अलग्गिएकी सुशीला अहिले माइतीकै संरक्षणमा छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय उत्पादन प्रवर्द्धन गर्न बेनीमा आजदेखि कोसेलीघर सञ्चालनमा
असार १७, २०८१ सोमबार
दोस्रोपटक मन्त्रीको शपथ लिएर सरकारमा फर्किए देवकोटा
असार १६, २०८१ आइतबार
सर्वोच्चको पत्रपछि सांसद देवकोटाले पाए बैठकमा प्रवेश
असार १४, २०८१ शुक्रबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
लुम्बिनीमा सरकार बनाउन एमालेले थाल्यो पहल, प्रदेश प्रमुखलाई प्रक्रिया सुरु गर्न पत्र
असार २१, २०८१ शुक्रबार
ग्वार्को फ्लाई ओभर निर्माण तयारी तिव्र ( फोटो फिचर )
असार २१, २०८१ शुक्रबार
खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध
असार २१, २०८१ शुक्रबार
प्रधानमन्त्रीले विश्वासको मत फेस गर्नुपर्छः नेपाल
असार २१, २०८१ शुक्रबार
ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दिगो साझेदार
असार २१, २०८१ शुक्रबार
आमाको हत्या आरोपमा छोरा पक्राउ
असार २१, २०८१ शुक्रबार