माघे सङ्क्रान्ति नजिकिँदै गर्दा किसानलाई तरुल खन्ने चटारो
नेपालबहस संवाददाता
पुस २३, २०७७ बिहिबार १९:२९:४४
२३ पुष, सर्लाही । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा सर्लाहीको पश्चिम क्षेत्रका किसानलाई तरुल खन्ने र बेच्ने चटारो परेको छ । गत वर्षको भन्दा यस वर्ष तरुलको मूल्य राम्रो भएकाले चाँडै तरुल खनेर बिक्री गर्न किसानलाई हतार भएको हो । व्यापारीले व्यावसायिक रुपमा तरुल खेती गरिएका किसानको खेतबारीमै पुगेर तरुल खरिद गर्न थालेपछि उनीहरु उत्साहित भएका हुन् । माघे सङ्क्रान्ति आउन एक हप्ता बाँकी भए पनि अन्यत्र निकासीका लागि अहिलेदेखिनै खन्न थालिएको किसानले बताएका छन् ।
जिल्लाको कर्मैया, जिरायत, बरहथवा, हजरिया, राजघाट र शङ्करपुरलगायतका क्षेत्रमा व्यावसायिक रुपमा तरुलखेती गरिन्छ । तरुल खेतीबाट यहाँका किसानले वर्षेनी मनग्य आम्दानी गर्दै आएका छन् । यो वर्ष आफूले १७ कठ्ठामा लगाएको तरुल रु दुई लाख १५ हजारमा बिक्री गरिसकेको बागमती नगरपालिका–१०, शङ्करपुरका किसान मोहन लुम्रे मगरले बताए । किसानको खेतमै व्यापारी पुगेर तरुल किन्ने गरेका कारण किसानले आफैले मजदूर लगाउनुपर्ने समस्या समाधान भएको किसानको भनाइ छ ।
यो वर्ष प्रतिकठ्ठा रु १५ देखि २० हजारसम्ममा तरुल बिक्री भइरहेको बागमती नगरपालिका–५ राजघाट टेकानीका किसान शिव पुलामीले बताए । पुलामीले आफ्नो ६ कठ्ठाखेतमा लगाएको तरुल रु ९० हजारमा व्यापारीलाई बिक्री गरेको बताए । व्यापारीले नै खनेर लैजाँदा किसानको ज्याला पनि बच्ने गरेको उनको भनाइ छ ।
जिल्लाका किसानले फलाएको तरुल बढी मात्रामा काठमाडौँ लाने गरिएको व्यापारीले बताएका छन् । यहाँको तरुल स्वादिलो हुने भएकाले काठमाडौँलगायत ठूला शहरबाट अत्यधिक माग आइरहेको बरहथवा नगरपालिका–५ का व्यापारी रामनाथ साहले बताए । जिल्लाका किसानले पताले र रातो तरुल धेरै मात्रामा लगाउने गरेका छन् । यहाँको तरुल काठमाडौँ, पोखरा, वीरगञ्ज, इटहरीलगायत प्रमुख बजारसम्म पुग्ने गरेको व्यापारीको भनाइ छ ।
जिल्लामा करिब २५० हेक्टर क्षेत्रफलमा तरुल उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख कमलदेवप्रसाद कुशवाहाले जानकारी दिए । उहाँका अनुसार प्रतिहेक्टर १५ टनसम्म तरुल फल्ने गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार