प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्थ्याे: वामदेव गौतम
नेपालबहस संवाददाता
पुस २३, २०७७ बिहिबार २०:३१:१६
२३ पुष, काठमाडौं । राष्ट्रियसभा सदस्य एवम् नेकपा नेता वामदेव गौतमले फेरि एकता गराउन सकिन्छ कि भनेर एक्लै लागिरहेको बताएका छन् । बिहिबार राष्ट्रियसभा बैठकमा बोल्दै गौतमले ३ वर्षमै पार्टी विभाजन गर्नु थियो भने किन एकता गरेको भन्दै प्रश्न समेत गरेका हुन् ।
उनले पार्टी दुई खेमामा रहेपनि आफू कुनै समूहमा नरहेको जिकिर गर्दै गौतमले पार्टी विभाजनको औचित्य नदेखेको बताएका छन् । दुवै पक्षमा गल्ती कमजोरी देखेको उनले बताए ।
उनले पार्टीमा एकता आवश्यक रहेको बताउदैं दुबै पक्षका मुख्य नेताहरु आफूलाई समाजवादी व्यवस्था ल्याउन लागि परेको भन्ने तर लाज लाग्ने अभिव्यक्ति दिँदै हिडेको उल्लेख गरे ।
गौतमले अविश्वास प्रस्ताव आउँदै छ भन्ने थाहा भएपछि प्रधानमन्त्रीले राजीनामा नदिएर पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको पनि बताए । पार्टीबाट अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिएको भए पार्टी एकता जोगिने उनको तर्क छ ।
राष्ट्रिय सभाको सातौं अधिवेशन बैठकमा बोल्दै गौतमले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गर्दा आफूलाई कुनै जानकारी नदिएको पनि गुनासो गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार