बाघखोर–खम्बुखा सडक निर्माण अन्तिम चरणमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
पुस २३, २०७७ बिहिबार २१:२:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/roadd_uqJUo5YOEW.jpg)
२३ पुष, भोजपुर । बाघखोर–तिम्मा खम्बुखा सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । जिल्लाको चक्रपथका रूपमा विकास हुँदै गरेको सो सडकको सङ्घीय सरकारको रु दुई करोड लागतमा गत असोजबाट स्तरोन्नति थालिएको हो । सडकलाई वर्षात्को समयमा समेत यातयात सञ्चलान गर्ने गरी चौडा गर्ने, बढी हिलो हुने ठाउँमा ग्राबेल गर्ने, टेवा पर्खाल भर्नेलगायतका काम भइरहेको छ ।
साँघुरो कच्चीबाटो त्यसमाथि वर्षात्को समयमा हिलाम्य बनेर यातायात सेवा अवरोध हुँदा वषौँदेखि सास्ती भोग्दै आएका स्थानीय सडक स्तरोन्नति हुन थालेपछि खुशी भएका छन् । हिउँदको समयमा जसोतसो यात्रा गर्दै आएका यस क्षेत्रका स्थानीयवासी वर्षात्को समयमा भने यातयात सेवाबाट बञ्चित हुँदै आएका थिए । करिब आठ किलोमिटर क्षेत्र भोजपुर नगरपालिकाको भूभाग पर्ने भए पनि नगरपालिकाले बेवास्ता गर्दा टेम्केमैयुङ–१ तिम्माका मानिसले समेत समस्या भोग्नुपरेको स्थानीयवासीको गुनासो छ ।
स्थानीय उपेन्द्र राउतले भने, “यस क्षेत्रका हामीले वर्षैंदेखि सडकको समस्या भोग्दै आएका छौँ, आठ किलोमिटर सडक नगरपालिका क्षेत्रमा पर्ने भए पनि हालसम्म नगरपालिकाले एक पैसा लगानी गरेको छैन, यस क्षेत्रमा मानिसको बसोबास छ भन्नेसमेत नगरलाई थाहा छैन होला, तर अब भने वडा कार्यालयको पहलमा केन्द्रबाट बजेट विनियोजन भएपछि स्तरोन्नतिको काम भइरहेको छ, यसले हामीलाई राहत पुगेको छ ।”
सडक स्तरोन्नतिले विगतका दिनमा कष्टकर यात्रा गर्दै आएका स्थानीयवासीलाई राहत पुग्ने वडा कार्यालयले जनाएको छ । साथै वडा कार्यालयले स्थानीयवासीको आवश्यकतालाई ध्यानमा राख्दै केन्द्र, प्रदेश सरकारसँग पहल गरेर सडक विस्तारलगायत अन्य विकास निर्माणका काम गर्दै आएको जनाएको छ ।
वडाध्यक्ष नरबहादुर राईले भने, “भोजपुर सदरमुकामसँग सहज पहुँच बनाउने यो सडकको स्तरोन्नति गरिरहेका छौँ, सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य छ, भोजपुरको रिङरोडको रुपमा विकास भइरहेको यो सडकलाई सेती बगरसम्म विस्तार गर्नका लागि गाउँपालिकाले पनि रु एक करोडको बोलपत्र आह्वान गरेर काम गर्ने तयारी गरेको छ ।”
वडामा आउने थोरै बजेटमा पनि सरोकारवाला निकायसँग समन्वय गरेर स्वास्थ, शिक्षा, कृषि, सडक विस्तारलगायत काममा वडा कार्र्यालयले गरिरहेको कामको स्थानीयवासीले प्रशंसा गर्दै आएका छन् । टोल बस्तीसम्म कृषि सडक विस्तारमा वडा कार्यालयले भूमिका खेलिरहेकाले स्थानीय उत्पादनलाई भोजपुर बजारसम्म लैजान विगतका दिनभन्दा केही सहज भएको स्थानीयवासी बताउँछन् । सडकलाई बाह्रै महिना सञ्चालन हुने तवरबाट विस्तार गरिनुपर्ने उनीहरुको भनाइ छ ।
स्थानीयवासी देवेन्द्र राउतले भने, “सडक विस्तार भएसँगै हाम्रो जीवनस्तरमा समेत परिवर्तन भएको छ, घण्टौँसम्म डोकोमा बोकेर यहाँका कृषिजन्य उपजलाई बजारसम्म लैजानुपर्ने अवस्था थियो, अहिले घरदैलोबाटै बजार लैजान पाएका छौँ, सडक विस्तारलगायत अन्य क्षेत्रमा वडा कार्यालयले खेलिरहेको भूमिकाप्रति हामी खुशी छौँ ।”
तोकिएको समयअगावै काम सक्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनी युडी विल्डर्सले जनाएको छ । सडक स्तरोन्नतिको काम गत असोजमा सम्झौता भएको थियो भने आगामी चैतमा सक्नु पर्नेछ । जिल्लाको महत्वपूर्ण रिङरोडका रूपमा विकास भइरहेको गाउँपालिका क्षेत्रको करिब ७५ किलोमिटर क्षेत्रमा विस्तार हुने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए । सो सडकले वडा नं १ तिम्मा, २ छिनामखु, ४ अन्नपूर्ण, ४ नागी, ५ खावा, ६ र ७ कोट, ८ गोगने र ९ लेखर्कलाई सडक पहुँचमा जोड्ने अध्यक्ष राईले बताए ।
अध्यक्ष राईले भने, “महत्वपूर्ण सडकका रूपमा रहेको छ, अहिले तिम्मा खण्डमा करिब नौ किलोमिटर खण्डमा काम भइरहेको छ, त्यो भोजपुर नगरपालिकाको पनि भूभाग हो, हामीले यस क्षेत्रमा सडक विस्तारका लागि हालसम्म रु तीन करोड बजेट लगानी गरिसकेका छौँ । यस वर्ष पनि रु एक करोड बजेट विनियोजन गरेका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमझगाउँ विमानस्थलको निर्माण कार्य तत्काल अगाडी बढाउने सहमति
फागुन २, २०८१ शुक्रबार
पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर
माघ ३०, २०८१ बुधबार
वाग्मती पुलको बिम चर्किएपछि मर्मत थालियो
माघ २९, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार