गाउँपालिकाको डेढ करोड लागतमा खेल मैदान निर्माण
नेपालबहस संवाददाता
पुस २३, २०७७ बिहिबार २१:२७:२७
पुष २३,चरिकोट । दोलखाको तामाकोशी गाउँपालिका–५ शहरेमा पालिकास्तरीय खेल मैदान निर्माण सम्पन्न भएको छ । तामाकोशी गाउँपालिकाको करिब रु डेढ करोड लागतमा खेल मैदान निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिए ।
बोलपत्र प्रक्रियामार्फत निर्माणको जिम्मा पाएको शङ्कर निर्माण सेवाले समयमै काम सम्पन्न गरेको हो । राष्ट्रियस्तरको खेलकूद आयोजना गर्नका लागि आवश्यक पर्ने मापदण्डअनुसार ११० मिटर चौडाइ र १२० मिटर लम्बाइको खेल मैदान रहेको छ ।
उनले खेल मैदान निर्माण भएसँगै विभिन्न खेलकूदका कार्यक्रम आयोजना गर्नका लागि सहज भएको बताए । गाउँपालिकाले युवालक्षित र खेलकूदलाई विशेष प्राथमिकता दिएको छ । अन्य क्षेत्रमा जस्तै खेलकूदमा पनि विकास गराउने उद्देश्यले गाउँपालिकाले सबै वडामा खेल मैदान निर्माण गरिरहेको छ ।
पालिकाले अन्य विकासका योजना साथै खेलकूदलाई समेत प्राथमिकत दिएर नीति तथा कार्यक्रमअन्तर्गत समेटी योजना नै बनाई काम गरिरहेको छ । यस वर्षसमेत खेलकूद विकासका लागि रु एक करोड १५ लाख रकम विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्रले जानकारीदिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराफेल नाडालको टेनिसबाट बिदाई
मंसिर ५, २०८१ बुधबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
इटहरीमा कोसी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने
मंसिर २, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार