असिनाले तरकारी खेतीमा क्षति
नेपालबहस संवाददाता
पुस २३, २०७७ बिहिबार २१:५०:४०
२३ पुष,डोटी । जिल्लाका विभिन्न भागमा परेको असिनाले तरकारी खेतीमा क्षति पुर्याएको छ । असिनाले यहाँका किसानले लगाएको तोरी तथा तरकारीखेतीमा क्षति पुर्याएको छ । जिल्लाको आदर्श, सायल, पूर्वीचौकी, जोरायल गाउँपालिका, शिखर नगरपालिका तथा दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडामा मङ्गलबार, बुधबार परेको असिनाका कारण फुलेर कोशा लाग्ने अवस्थामा रहेको तोरी तथा साग–तरकारीमा निकै क्षति पुर्या एको किसानको भनाइ छ ।
असिनाले गरेको क्षतिका बारेमा विवरण सङ्कलन गरिदिन सम्बन्धित निकायलाई किसानले आग्रह गरेको केआइसिंह गाउँपालिकाका किसान शेरबहादुर ऐरले बताए । उनले भने, “वर्षातले बाली त सप्रिने आशा थियो, असिनाले तरकारी र तोरी खेतीमा क्षति पुर्याएको छ, क्षतिको विवरण सङ्कलन गर्न माग गरेका छौँ ।” मङ्गलबारबाट मौसममा एकाएक आएको परिवर्तनका कारण डोटीलगायत यहाँका अन्य पहाडी तथा हिमाली जिल्लामा बुधबारसम्म हल्का हिमपातसँगै असिना परेको थियो । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै कम्तीमा पनि एक फिट जति हिउँ परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ ।
असिनाले यहाँका गाउँघरमा लगाइएका गोलभेडाखेतीमा समस्या गरेको भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए। उनले भने, “उच्च लेकाली भेग र खप्तडमा हल्का हिमपात भयो, अन्य क्षेत्रमा असिनाले क्षति गरेको भन्ने खबर आएको छ, कति क्षति भयो भन्ने एकीन भएको छैन् ।”
बुधबारसम्म असिना र उच्च लेकाली क्षेत्रमा हल्का हिउँ परे पनि आजबाट डोटीसहित यहाँका पहाडी जिल्लामा घाम लाग्नुका साथै मौसममा सुधार भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलको सञ्चार शाखाले जनाएको छ । वर्षातले डोटीमा चिसो बढेको छ । खप्तडस्थित झिग्राना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा असिना परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
वर्षात कारण चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको शिखर नगरपालिका–१ का रमेश महराले जानकारी दिए । चिसोका कारण विभिन्न रोग तथा समस्याले सताउने भएकाले चिसोबाट बच्न सर्तकता अपनाउनुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार