९ जना डीआईजीले लगाए दर्ज्यानी चिन्ह, कसलाई कुन जिम्मेवारी ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
पुस २३, २०७७ शुक्रबार १:३२:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/policesss-scaled_4LBg4fCPtF.jpg)
२३ पुष, काठमाडौं । नेपाल प्रहरीमा बढुवा भएका ९ जना प्रहरी नायब महानिरीक्षक “डीआईजी”ले दर्ज्यानी चिह्न लगाएका छन् । केही दिनअघि एसएसपीबाट डीआईजीमा बढुवा भएका ९ जनालाई आईजीपी शैलेस थापा क्षेत्रीले दज्र्यानी चिन्ह लगाई दिएका हुन् ।
बढुवा भएकामध्ये रामकृपाल शाहले साइबर ब्युरोको इन्चार्जको जिम्मेवारी पाएका छन् । महानगरीय प्रहरी कार्यालयमा उमेश रञ्जितकार, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा डा. देवबहादुर बोहरा, प्रहरी महानिरीक्षकको सचिवालयमा प्रकाश अधिकारीलाई खटाइएको छ । अधिकारीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
यस्तै योजना, अन्वेषण तथा विकास निर्देशनालयमा मुकुन्द आचार्य, प्रदेश समन्वय निर्देशनालयमा गणेश ऐरको पदस्थापन भएको छ । त्यस्तै, दिवेश लोहनी र राजेशलाल कर्णको कार्य तथा अपराध अनुसन्धान विभागमा पदस्थापन भएको छ । पुरुषोत्तम कँडेलको प्रशासन तथा मानव स्रोत विकास विभागमा पदस्थापन भएको छ ।
दर्ज्यानी चिह्न लगाउने कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बधाई दिँदै पदोन्नतिसँगै नेतृत्वदायी आचरण पनि फेरिनुपर्ने र प्राप्त जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिएका छन् ।
यसअघि प्रहरी प्रधान कार्यालयले दुई दिनअघि मात्र ३० जना प्रहरी उपरीक्षक एसपी र ६९ जना प्रहरी नायव उपरीक्षक अर्थात डीएसपीहरुको सरुवा गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला
फागुन ५, २०८१ सोमबार
ट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार