करोडौ कुम्ल्याउने विद्या सरकारको धन्दा : समाजसेवा भन्दै केटाहरु ठग्दै !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
पुस २३, २०७७ शुक्रबार २:२३:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/ketisss_3cW7uYf421.jpg)
२३ पुस, सुर्खेत । समाजसेवाको नाममा ठगी गर्ने युवती पक्राउ परेकी छिन् । इटहरी उपमहानगरपालिका–४, सुनसरीकी २४ वर्षीया विद्या शर्मा ठगी गरेको आरोपमा पक्राउ परेकी हुन् ।
विद्या सरकारका नामबाट परिचित उनलाई दैलेख प्रहरीले सार्वजनिक गरेको हो । दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले उनलाई पक्राउ गरेको हो ।
आफूलाई अभियन्ता र समाजसेवीका रूपमा चिनाउँने विद्या केही समयअघि कोरोना महामारीका बेला दैलेखसम्म पुगेर राहत वितरण गरेकी थिइन् ।दैलेखको नारायण नगरपालिकामा आएकी उनी आफूलाई अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीको नेपाल प्रमुख सीईओ हुँ भन्दै विभिन्न ठगीमा संलग्न भएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठका अनुसार उनले कहिले मृतात्माको शान्तिको लागि, कहिले सामाजिक सेवा र अभियानको निम्ति भनेर धेरै मानिसहरूबाट पैसा उठाएर मानिसहरूलाई पीडित बनाएको आरोप छ ।
लकडाउनका बेला गत असारमा दैलेख आएकी विद्याले आफनो संस्थाले स्थानीय तहमा स्वास्थ्य सामग्री र राहत बाँड्ने जिम्मा आफूलाई दिएको भन्दै केही स्थानीय तहमा स्वास्थ्य सामग्री र खाद्यान्न वितरण गरेकी थिइन् ।
उनले स्थानीय तहको समुन्वयमा स्वास्थ्य सामग्री, त्रिपाल, सेनिटाइजर, मास्क, पन्जा र खाद्यान्न वितरण गरेकी थिइन् । आफ्नो अमेरिकाको लागि भिसा लागेको र आफूले ८ देखि १० जना युवालाई अमेरिका पठाउन सक्छु भन्दै युवालाई प्रलोभन देखाएर ठगेको आरोप लागेपछि उनी अनुसन्धानको दायरामा परेकी थिइन् ।
कसलाई कसरी ठगिन् ?
कात्तिक १४ गते नारायण नगरपालिका–१, नयाँबजारका मनोज थापालाई बैंकमार्फत ९० हजार रुपैयाँ जम्मा गर्न लगाएर उनी फरार भएकी थिइन् । ठगी गरेको उजुरी परेपछि विद्या फरार भएकी थिइन् ।
उनले नारायण नगरपालिका–१, का २८ वर्षीय विवेक थापालाई पनि अमेरिका पठाउने प्रलोभनमा पारी वैशाख ३१ गतेदेखि असोज १८ गतेसम्म ५२ लाख १४ हजार दश रुपैयाँ पठाउन लगाएर सम्पर्कविहीन भएकी थिइन् ।
ठगी कसुरअन्तर्गत विवेकको जाहेरी दरखास्त परेपछि प्रहरी अदालतबाट पुस ९ गते पक्राउ अनुमति पाएको थियो । प्रहरीका अनुसार दुईवटा मात्र उजुरी दर्ता भए पनि धेरैजनालाई समाज सेवा र अमेरिका लैजाने प्रलोभनमा करिब दुई करोडभन्दा बढी ठगेको अनुमान गरिएको छ ।
राहत वितरणकै लागि भनेर विभिन्न व्यापारिक संस्थाबाट सामान लिएको तर पैसा नदिएको मौखिक गुनासो प्रहरीमा छ । करोडौ ठगी गरेर फरार भएकी विद्या सरकारलाई प्रहरीले पक्राउ गरेपछि उनको असली धन्दा पर्दाफास भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
रुख कटान गरेको आरोपमा २ जना पक्राउ
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार