एन्टिजेन किट खरिद गर्ने योजना तत्कालका लागि स्थगित
नेपालबहस संवाददाता
पुस २४, २०७७ शुक्रबार १३:४:४०
२४ पुष, काठमाडौं । विवादमा पर्ने देखिएपछि स्वास्थ्य मन्त्रालयले एन्टिजेन किट खरिद गर्ने योजना तत्कालका लागि स्थगित गरेको छ । ठूलो परिमाणमा मौज्दात हुँदाहुँदै मन्त्रालयले दुई चरणमा गरेर ५० करोडको एन्टिजेन किट खरिद गर्ने तयारी गरेको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ तथा एन्टिजेन किट खरिद प्रक्रियाका संयोजक महेन्द्रप्रसाद श्रेष्ठले तत्काल किट खरिद नगर्ने बताए । स्रोतका अनुसार मौज्दात हुँदाहुँदै किट खरिद गरिए कमिसनका लागि किनिएको आरोप लाग्न सक्ने भएकाले मन्त्रालय पछि हटेको हो ।
विज्ञहरूले पनि एन्टिजेन प्रभावकारी नहुने भन्दै पीसीआर परीक्षणमा जोड दिनुपर्ने बताएका छन् । कोरोना परीक्षणका लागि सरकारले यसअघि खरिद गरेको आरडीटी किटले यकिन नतिजा नदिएपछि पीसीआर परीक्षणमै जोड दिएको थियो ।
मन्त्रालयले आरडिटी किटजस्तै कोरोना भाइरसको द्रुत परीक्षणका लागि एन्टिजेन खरिद गर्ने बताएको थियो । स्वास्थ्य सेवा विभागले पहिलो चरणमा ३० करोड रुपैयाँको तीन लाख किट खरिद गर्न २४ पुसमा टेन्डर आह्वान गर्ने तयारी गरेको थियो । त्यस्तै, माघमा थप दुई लाख किट खरिद गर्ने योजना थियो ।
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीका अनुसार आरडीटी परीक्षणले शरीरमा भाइरसको संक्रमण भएपछि उत्पादन हुने एन्टिबडी भए–नभएको निक्र्योल गर्छ भने एन्टिजेन परीक्षणले शरीरमा भएको कोरोना भाइरसको प्रोटिनको मात्रा पहिचान गर्छ । मन्त्रालयले एन्टिजेन किटलाई २५ भदौमा स्वीकृति दिने निर्णय गरेको थियो ।
प्रमुख विशेषज्ञ श्रेष्ठले देशभर जोखिम क्षेत्रको पहिचान भएका स्थानमा एन्टिजेन परीक्षण गर्ने बताए । हाल विभिन्न दातृ निकायले सहयोग गरेका दुई लाख एन्टिजेन किट मौज्दात छ । पुषमा उपत्यकामा मात्रै ६४ हजारजनाको एन्टिजेन परीक्षण गर्ने लक्ष्य लिएको भए पनि त्यसअनुसारको काम नभएको मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार