कर्मचारीलाई २ महिनाको तलब बराबर ६ करोड बोनस वितरण गर्दै निगम
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस २४, २०७७ शुक्रबार १३:९:२३
![](https://nepalbahas.prixacdn.net/media/albums/oil-nigam_wix3rf3hUd.jpg)
२४ पुष, काठमाडौं । सहायकस्तरका कर्मचारीलाई दुई महिना १५ दिनको र अधिकृत वा सोभन्दा माथिल्लोस्तरका कर्मचारीलाई २ महिनाको तलबबराबरको रकम बोनस नेपाल आयल निगमले कर्मचारीलाई बोनस वितरण गर्ने भएको छ । नाफा भएको वर्ष बोनस वितरण गर्ने कानुनी प्रावधानलाई टेकेर निगम व्यवस्थापनले कर्मचारीलाई बोनस वितरण गर्ने निर्णय गरेको हो । तर, कर्मचारीलाई बोनस खुवाउन निगमले सरकारको अनुमति लिनुपर्छ ।
केही दिनअघि भएको सञ्चालक समिति बैठकले बोनस वितरण गर्न अर्थ मन्त्रालयसँग अनुमति माग्ने निर्णय गरेको एक सञ्चालक समिति सदस्यले बताए । ‘सञ्चालक समितिका तर्फबाट कर्मचारीलाई बोनस वितरण गर्ने निर्णय भएको छ, तर यसका लागि स्वीकृति प्रदान गरिदिन अर्थ मन्त्रालयबाट अनुमति माग्ने निर्णय पनि भएको छ,’ ती सञ्चालक समिति सदस्यले भने, ‘अर्थबाट स्वीकृति आइसकेको छैन, तर अनुमति दिने प्रक्रियामा रहेको बुझिएको छ ।’
निगम सञ्चालक समितिमा अर्थ मन्त्रालयका सहसचिव पारश्वर ढुंगाना पनि छन् । उनले सहमति जनाइसकेका छन् । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले नाफा भएको वर्ष बोनस वितरण गरेर कर्मचारीको मनोबल बढाउन खोजेको बताए ।
‘आयल निगमको आर्थिक अवस्था सुदृढ बन्दै गएको छ,’ उनले भने, ‘अहिले देशभर विभिन्न परियोजना पनि अघि बढाइरहेका छौँ । यी परियोजनाको कुशल कार्यान्वयन गर्न कर्मचारीको मनोबल बढाउनु जरुरी छ । त्यसैले उनीहरूले पाउने सुविधा प्रदान गर्न सञ्चालक समिति अघि बढेको हो ।’
विभिन्न संसदीय समितिहरूले भने सञ्चित नोक्सानी भएसम्म नाफा नबाँड्न निर्देशन दिएका थिए । विगतको सञ्चित नोक्सानी र ऋण तिरेर निगम अहिले नाफामा भएकाले सरकारको मात्रै स्वीकृति लिएर कर्मचारीलाई बोनस बाँड्न लागिएको हो ।
बोनस कोषमा २९ करोड, करिब ६ करोड वितरण हुने
आयल निगमले दुई आर्थिक वर्षको बोनसबापत छुट्याएको २९ करोड ९ लाख ८६ हजारबाट तोकिएको मापदण्डमा रही करिब ६ करोड कर्मचारीलाई वितरण गर्न लागेको हो । निगमको आधिकारिक ट्रेड युनियनका अध्यक्ष गोपाल राईका अनुसार सहायकस्तरका कर्मचारीलाई दुई महिना १५ दिनको र अधिकृत वा सोभन्दा माथिल्लोस्तरका कर्मचारीलाई २ महिनाको तलबबराबरको रकम बोनस वितरण गर्ने निर्णय भएको छ ।
‘कर्मचारीहरूलाई बोनस वितरण गर्न सके कार्यसम्पादन झन् प्रभावकारी हुने विश्वास लिएका छौँ,’ उनले भने, ‘अर्थले यसपटक स्वीकृति दिनेमा आशावादी छौँ ।’ गत वर्ष पनि निगमले बोनस वितरण गर्न मौखिक जानकारी अर्थलाई दिएको थियो, तर अर्थले स्वीकृति दिएको थिएन ।
बोनस ऐनले खुद नाफाको १ प्रतिशत हुन आउने रकम सार्वजनिक संस्थानका कर्मचारीलाई बोनसबापत वितरण गर्न पाउने व्यवस्था गरेको छ । ऐनले अधिकतम तीन महिनाको तलबबराबरको रकम एक आर्थिक वर्षमा कर्मचारीले बोनसबापत पाउने व्यवस्थासमेत गरेको छ । जसकारण बोनसबापत विनियोजन गरेको सबै रकम कर्मचारीलाई वितरण गर्न पाइँदैन ।
निगमले बोनसबापत छुट्याएको रकमबाट कर्मचारीलाई वितरण गरी बाँकी रकमको ८० प्रतिशत सरकारी कोषमा र २० प्रतिशत निगमको कल्याणकारी कोषमा जम्मा गर्नुपर्नेछ । दुवै कोषमा २२ करोड रुपैयाँभन्दा बढी रकम निगमले जम्मा गर्नेछ ।
निगमले आव ०६५र६६ र आव ०७१र७२ देखियताका प्रत्येक वर्षमा नाफा गरेकाले बोनसबापत रकम छुट्याएर राखेको छ । यो कोषमा अहिलेसम्म ३ अर्ब २९ करोड रुपैयाँ विनियोजन भइसकेको छ ।
बोनसका लागि कसरी योग्य ?
आयल निगमले १४ असोज ०७१ मा पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारअनुसार समायोजन गर्ने नीति लिएयता निरन्तर नाफा आर्जन गर्न सफल भएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेका वेला नेपाली बजारमा स्थिर राख्ने र बढेका वेला नेपाली बजारमा पनि समायोजन गरेर निगमले चर्को नाफा आर्जन गरेको थियो । त्यसबाट ३५ अर्ब रुपैयाँ ऋण र ३७ अर्ब रुपैयाँ सञ्चित नोक्सानी भर्पाई गरेको थियो ।
सबै ऋण र सञ्चित नोक्सानीबाट मुक्त भए पनि निगमले चर्को नाफा राखेर पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दा अहिले कर्मचारीलाई बोनस बाँड्ने स्थितिमा पुगेको हो । आयल निगमले आव ०७५/७६ मा २ खर्ब ३० अर्बको पेट्रोलियम पदार्थ किनेर २ खर्ब ४६ अर्बमा बेचेको थियो । यसबाट १६ खर्ब ३३ करोड नाफा भएको थियो । यो नाफा रकमबाट सबै किसिमका खर्च कटाएर ८ खर्ब ६१ करोड रुपैयाँ खुद नाफा भएको थियो । खुद नाफाअघिको ‘अपरेसन प्रोफिट’ ११ अर्ब ६१ करोड थियो । जसको १ प्रतिशतबापत ११ करोड ६७ लाख रुपैयाँ बोनसबापत छुट्याएर राखिएको थियो ।
त्यस्तै, आव ०७६/७७ मा निगमले १ खर्ब ८२ अर्बको पेट्रोलियम किनेर २ खर्ब ५ अर्बमा बेचेको थियो । जसबाट निगमले २२ अर्ब ९९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । सो नाफाबाट सबै किसिमका खर्च कटाएर निगमले ‘अपरेसन प्रोफिट’ १७ अर्ब ४२ करोड रुपैयाँ कमाएको थियो । जसको १ प्रतिशत हुन आउने १७ करोड ४२ लाख रुपैयाँ बोनसबापत छुट्याइएको थियो । गत आवमा निगमले सबै खर्च कटाएर खुद नाफा १२ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको थियो । नयाँपत्रिकाबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार