समायोजनले ३७ विद्यालय विलीन
नेपालबहस संवाददाता
पुस २४, २०७७ शुक्रबार १८:०:३३
२४ पुष, तम्घास । विद्यालय समायोजनका कारण गुल्मीका ३७ विद्यालय विलीन भएका छन् । मदाने गाउँपालिकाबाहेक दुई नगरपालिका र १० गाउँपालिकामा विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको थियो ।
एघार पालिकामा कूल ४९ विद्यालय समायोजन गर्दा ३७ पूर्णरुपमा बन्द भएका छन् जसमध्ये ४७ विद्यालयको कक्षा घटाइएको छ । संस्थागत १७ र सामुदायिक ३२ सामुदायिक विद्यालय समायोजनमा परेका छन् । तीमध्ये संस्थागततर्फ एक मावि, आठ निमावि र आठ प्रावि छन् । मदानेले विद्यालय समायोजन तथा कक्षा घटाउने कुनै काम गर्न सकेको छैन ।
समायोजनका कारण १० संस्थागत विद्यालय र २६ सामुदायिक विद्यालय बन्द भएको शिक्षा तथा समन्वय एकाइ प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए । गुल्मी दरबार गाउँपालिकामा १० सम्म पढाइ हुने गौरीशङ्कर इग्लिस बोर्डिङ स्कूल ईश्वरी माविमा पूरै समायोजन भएको छ ।
गुल्मी दरबारमै चार संस्थागत र दुई सामुदायिक विद्यालय खाली भएका छन् । धुर्कोट गाउँपालिकाले पनि सामुदायिक र संस्थागत गरेर नौ विद्यालय समायोजन गरेको छ जसका कारण पाच् संस्थागत विद्यालय खाली भएका छन् । मुसिकोट नगरपालिकाले सात सामुदायिक विद्यालय समायोजन गरेर बन्द गरेको तथा छ विद्यालयको कक्षा घटाएको मरासिनीले जानकारी दिए।
रेसुङ्गा नगरपालिका र सत्यवती गाउँपालिकाले एक/एक संस्थागत विद्यालय समायोजन गरेका छन् । चन्द्रकोट गाउँपालिकाले पाँच विद्यालय समायोजन गरेको छ भने नौ विद्यालयमा कक्षा घटाएको छ । इस्मा गाउँपालिकाले १५ विद्यालयमा समायोजन र कक्षा घटाएको छ ।
मालिका गाउँपालिकाले सबैभन्दा बढी १६ विद्यालयको कक्षा घटाएको छ । स्थानीय तहको समायोजनको तथ्याङ्कका आधारमा घटेका कक्षा प्रायः २, ३ र ४ छन् । शुरुमा समुदायले नै खोलेका विद्यालय भएकाले उनीहरुकै अनुरोधमा बन्द गर्न स्थानीय सरकारलाई पनि चुनौती बनिरहेको छ ।जसका कारण अधिकांश स्थानीय तहले एक कक्षा मात्रै भए पनि समुदायमा काम गरिरहेका छन् ।
गाउँका नागरिक शहर केन्द्रित भएकाले विद्यालयमा विद्यार्थी सङ्ख्या अत्यन्तै कम हुँदै गएकाले विद्यालय समायोजन र कक्षा घटाइएको छ । दूरी र भौगोलिक अवस्थालाई पनि समायोजनको अर्को कारण मानिएको छ । केही ठाउँमा नजिकनजिक विद्यालय छन् भने केही ठाउँमा भौगोलिक हिसाबले विद्यालय पुग्न विद्यार्थी घण्टौं हिँडनुपर्ने बाध्यता छ । समायोजन हुने कक्षाका लागि शिक्षा मन्त्रालयले प्रतिकक्षा रु पाँच लाख अनुदानको व्यवस्था गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
आज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार