पाँचथरमा साना सिँचाइ कार्यक्रम सञ्चालन हुने
नेपालबहस संवाददाता
पुस २४, २०७७ शुक्रबार १८:१६:३०
२४ पुष, पाँचथर । जिल्लाको पाँच स्थानीय तहमा ‘साना सिँचाइ कार्यक्रम’ सञ्चालन हुने भएको छ । नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारको साझेदारीमा सञ्चालित उक्त कार्यक्रम पाँचथरका फिदिम नगरपालिका, याङवरक, फालेलुङ, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा सञ्चालन हुने भएको हो ।
आर्थिकरुपले विपन्न तथा साना किसानको कृषि उत्पादकत्वमा वृद्धि गरी गरिबी न्यूनीकरणमा सघाउ पुर्याउने उद्देश्यका साथ सञ्चालित उक्त कार्यक्रम स्थानीय तहसँगको साझेदारीमा सञ्चालन गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत पाँच हेक्टरदेखि ५० हेक्टर क्षेत्रफलसम्मको जमीन सिञ्चित गर्न साना सिँचाइ योजना निर्माण हुनेछन् ।
कार्यक्रमको ढाँचाअनुसार सिँचाइ योजनाका लागि स्विट्जरल्याण्ड सरकारको ३०, सङ्घीय सरकारको २०, प्रदेश सरकारको २०, स्थानीय तहको २० र उपभोक्ताको १० प्रतिशत लगानी रहने साना सिँचाइ कार्यक्रम इलाम–पाँचथर क्लष्टरका संयोजक केशव लामाले जानकारी दिए । कार्यक्रम सञ्चालनका लागि पाँचथरको फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकासँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको पनि उनले बताए। बाँकी स्थानीय तहमा समेत चाँडै समझदारी गरी कार्यक्रम कार्यान्वयनमा ल्याइने उनको भनाइ छ ।
साना सिँचाइ कार्यक्रमका लागि प्रदेश नं १ मा रु पाँच अर्ब ६८ करोड बजेट रहेको छ । इलाम र पाँचथर क्लष्टरमा २१ वटा साना सिँचाइ योजना निर्माणका लागि समझदारी गर्ने क्रममा रहेको क्लष्टर संयोजक लामाले जानकारी दिए । “लागत कम हुने हुँदा स्थानीय तहले जति धेरैमा लगानी गर्न सके, त्यति नै धेरै सिँचाइ योजना निर्माण गर्न सकिन्छ”, उनले भने, “खेतीयोग्य जमीनलाई सिञ्चित गरी खाद्य आत्मनिर्भरताका लागि यो ठूलो अवसर हो ।”
साना सिँचाइ कार्यक्रम र स्थानीय तहबीच चार वर्षका लागि कार्यक्रम कार्यान्वयन गर्ने समझदारी भइरहेको हो । चार वर्षमा क्रमागतरुपमा सिँचाइका योजना निर्माण गरिनेछन् । बिहीबार यहाँको फिदिम नगरपालिकामा कार्यक्रम कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । फिदिम नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारी तथा कार्यक्रमका तर्फबाट क्लष्टर संयोजक लामाले समझदारीपत्रमा हस्ताक्षर गरे ।
फिदिम नगरपालिकामा यसअघि नै दुई वटा साना सिँचाइ योजना कार्यान्वयन भइरहेको संयोजक लामाले जानकारी दिए । सो अवसरमा नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले नगरपालिकाको थोरै लगानीमा कृषकले ठूलो लाभ प्राप्त गर्न सक्ने योजना बन्न लागेको बताए। सीमित स्रोतबाट स्थानीय तहले सबै क्षेत्रमा लगानी गर्नुपर्दा धेरै योजनाका लागि समझदारी गर्न नसकिएको नगर प्रमुख नेम्वाङको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार