सङ्क्रमण कम भएसंँगै जनजीवन सामान्यतर्फ
नेपालबहस संवाददाता
पुस २४, २०७७ शुक्रबार १९:३३:२०
२४ पुष, भजनी । पछिल्लो समय कोरोना सङ्क्रमण कम भएसँगै जनजीवन सामान्य बन्दै गएको छ । कैलालीको टीकापुरका नवराज बाब्ली पहिले काममा जान धेरै डराउथे। कामबाट फर्किएपछि घरका सदस्य त्रासमा हुने गरेको र अहिले अवस्था सामान्य बन्दै गएको उनले बताए ।
“बजार निस्कियो कि मनमा धेरै डर हुन्थ्यो । घर पुग्दा अन्य सदस्यलाई कोरोना हुन्छ कि भन्ने त्रास मनमा सधैँ भइरहे पनि अहिले अवस्था सामान्य बनेको छ”, नवराजले भने, “स्वास्थ्य मापदण्ड अपनाउन सके कोरोनाबाट बच्न सकिँदोरहेछ । म जतिसँग घुलमिल भए पनि सुरक्षित हुन सफल भएको छु ।”
अवस्था सामान्य बन्दै गएपछि पछिल्लो समय स्थानीय तहले निर्माण गरेका आइसोलेशन वार्ड खाली भएका छन् । नागरिकमा कोरोनाप्रतिको त्रास घट्दै जानु, परीक्षणको दायरा कम हुनु र सङ्क्रमित भएका पनि घरमै बस्न थालेपछि आइसोलेशन वार्ड खाली हुँदै गएका हुन् । सरकारले स्थानीय तहमा कोरोना अस्थायी अस्पताल निर्माणका लागि बजेट खर्च गरेको भए पनि अस्थायी अस्पतालमा सन्नाटा देखिएको छ । टीकापुर नगरपालिकाको सिटीहललाई पाँच वटा स्थानीय तहले मिलेर आइसोलेशन वार्डका रुपमा विकास गरेका थिए । हाल नगरपालिकाले त्यही सिटीहललाई अस्थायी कोरोना अस्पतालका रुपमा विकास गरेको छ । अस्थायी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कार्यालय सहयोगी रहेका छन् ।
हालसम्म नगरपालिकामा ४६२ मा कोरोना सङ्क्रमण पुष्टि भएकामा अहिले नगरपालिकामा तीन जना सक्रिय सङ्क्रमित रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए। उनका अनुसार कोरोना सङ्क्रमणका कारण नगरपालिकामा पाँच जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य शाखा प्रमुख रावलले पछिल्लो समय कोरोना परीक्षणको दायरा घटाएको बताउँदै एन्टिजेन्ट टेष्टको प्रक्रिया शुरु गरेको बताएका छन् ।
“पिसिआर परीक्षण गर्दा धेरै समय लाग्ने र खर्च धेरै लाग्ने भएको हुँदा हामीले एन्टिजेन्ट टेष्टको तयारी गरेका छौँ”, स्वास्थ्य शाखा प्रमुख रावलले भने, “एन्टिजेन्ट टेष्टले आधा घण्टामै नतिजा दिन्छ । यसबाट छिटो नतिजा पाइने भन्दै सरकारले नै पिसिआरभन्दा एन्टिजेन्ट टेष्ट प्राथमिकतामा राखेको छ ।”
जानकी गाउँपालिकाले निर्माण गरेको कोरोना अस्थायी अस्पताल पनि खाली नै छ । पुरानो मःम सेन्टर रहेको भवनमा निर्माण गरिएको कोरोना अस्थायी अस्पतालमा गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी नै खटिने गरेका छन् । कोरोना अस्थायी अस्पताल निर्माण गरिसकेको जानकी गाउँपालिकाले अस्पतालका लागि चाहिने आवश्यक जनशक्ति व्यवस्थापनका लागि भने अझै सूचना सार्वजनिक गर्न सकेको छैन । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले अस्थायी अस्पतालका लागि आवश्यक जनशक्ति मागका लागि कार्यपालिकाबाट निर्णय भइसकेको बताउँदै केही दिनमै सूचना सार्वजनिक गरिने बताए । “हामी केही ढिलो भएका छौँ । आन्तरिक व्यवस्थापनका कारण कर्मचारी नियुक्तिमा ढिलाइ भएको हो”, स्वास्थ्य शाखा प्रमुख चौधरीले भने, “अब केही दिनमै सूचना जारी गरी कर्मचारी नियुक्तिको प्रक्रिया शुरु गर्छौं ।”
जानकी गाउँपालिकामा हालसम्म १३३ जनाका कोरोना सङ्क्रमण पुष्टि भएको छ । पुस १२ गते भन्दापछि गाउँपालिकामा कुनै सङ्क्रमित भेटिएको छैन । गाउँपालिकाले प्रत्येक शुक्रबार सम्भावित जोखिममा रहेकाको पिसिआर गर्दै आएको प्रमुख चौधरीले बताए । भजनी नगरपालिकामा पनि अहिले कोरोना सङ्क्रमितको दर शून्यमा झरेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कीर्तिसिंह विकले पछिल्लो केही दिनयता सङ्क्रमित नभेटिएको बताउँदै भजनी प्राथमिक स्वास्थ्य केन्द्रसँगै जोडिएको अर्को भवनमा कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार