नेपालकाे संविधान चार जना पूर्व प्रधानन्यायाधीशहरूले लेखेकाे हाे र ?
नेपालबहस संवाददाता
पुस २५, २०७७ शनिबार १९:३:३०
२५ पुष, काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अदालती प्रक्रियालाई प्रभावित पार्ने गरी पूर्वप्रधानन्यायाधीशहरूले अभिव्यक्ति दिँदै हिँडेको भन्दै आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत चारजना पूर्वप्रधानन्यायाधीशहरूले देशको संविधान बनाएको नभई जनताको प्रतिनिधिहरूले लेखेको समेत बताएका छन् ।
साथै, उनले उनीहरूको विभिन्न सार्वजनिक अभिव्यक्तिले अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा प्रभावित पार्ने पनि जनाएका छन् । उनले त्यस्ता अभिव्यक्तिमार्फत अदालतको न्यायसम्पादनलाई प्रभावित पारी निहित चाहना मुताबिक फैसला गर्न प्रेरित र बाध्य गर्न दुराशय रहेको आरोप लगाएका छन् ।
यस्तो, छ फेसबुकमा थापाले लेखेको स्टाटस :
नेपालकाे संविधान सेवानिवृत चार जना पूर्व प्रधानन्यायाधीशहरूले लेखेकाे हाेइन । याे त जनताका प्रतिनिधिहरूले लेखेकाे जगजाहेर नै छ । अनि चार जना पूर्व प्रधानन्यायाधीशहरूकाे असंबैधानिक वक्तव्यबाजीबाट संविधानकाे भाग ११, न्यायपालिकासम्बन्धी व्यवस्थाकाे बर्खिलाप कार्य भएकाे प्रष्ट हुन्छ । यसले अदालतलाई प्रभावित गर्ने र भिंडकाे निहीत चाहनामुताविक फैसला गर्न प्रेरित र बाध्य गर्ने उहाँहरूकाे दुराशय स्पष्ट पारेको छ । रिटायर्ड प्रधानन्यायाधीशहरूले संबैधानिक इजलाशले गरिरहेकाे सुनुवाईलाई प्रभावित गर्न जारी गरेकाे संयुक्त वक्तव्य संवैधानिक प्रावधानका हिसाबले पूर्णत: गलत छ ।
कमसेकम सम्मानित सर्वाेच्च अदालतकाे नेतृत्व गरिसक्नुभएका महाशयहरूले यसरी गति नछाडिदिए मात्रै पनि स्वतन्त्र न्यायपालिकाकाे मर्यादा र सम्मान अभिबृद्दि गर्न अवकाशकाे जीवनमा समेत सकारात्मक याेगदान गरेकाे ठहरिन्थ्याे हाेला ! सामाजिक मर्यादा र मानकका सारा स्थापित सीमा भत्काउने यस्ताे क्रियाकलापले त न्यायिक क्षेत्रमा अराजकता र भिडतन्त्रमाे पैरवीलाई नै व्यवहारमा प्राेत्साहन गर्दैन र ? संसारभरि अवकाशप्राप्त जजले फैसला सुनाउन खाजेकाे यस्ताे सायद कहींकतै देखिन्छ कि ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार