दर्जनौं काण्डमा फसेको ओली सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्यो : नेता सिंह
नेपालबहस संवाददाता
पुस २५, २०७७ शनिबार १९:१८:४८
२५ पुष, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विश्वासको मत लिन नसकेर संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने बताएका छन्। संसद् विघटनको विरुद्धमा कांग्रेसले देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा गरिरहेको विरोधसभा अन्र्तगत काठमाडौं १ ‘क’ मा आयोजित विरोध सभामा बोल्दै सिंहले ओलीले निर्वाचन नगराउने बताएका हुन्।
उनले ओलीको असंवैधानिक कदम सच्चाउनुको विकल्प नभएको समेत बताए। ‘दुई तिहाइ मत पाएको प्रधानमन्त्री भन्ने। तर संसदमा विश्वासको मत लिन नसक्नेले निर्वाचन कसरी गराउँछ,’ सिंहले भने, ‘निर्वाचन हुने ग्यारेन्टी कसले लिन्छ। त्यसैले संसद विघटनको असंवैधानिक कदम सच्चाउनुको विकल्प छैन।’
उनले कांग्रेस नेतृत्वमा जारी भएको संविधान माथि प्रहार हुँदा कांग्रेस चुप लागेर नबस्ने बताए। ‘करिब दुई तिहाइ मत प्राप्त गरेको नेकपाको सरकार। संविधान अनुसार नै हिठेको भए राम्रो हुन्थ्यो। संविधानको बाटो छोडेर संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरिएको छ,’ सिंहले भने, ‘०४७ सालको संविधान अनुसार बनेका सरकार अस्थिर बनेपछि प्रधानमन्त्रीलाई संसद् विघटनको विशेषाधिकार नदिइएको हो। प्रधानमन्त्रीले संविधानको बाटो हिढेको भए अस्थिरताको भूमरीमा देशको राजनीति फस्दैन थियो।’
ओलीले पार्टी भित्रको व्यवस्थापन गर्न नसक्दा रिस हुँदै नभएको अधिकार प्रयोग गरी संसद् भंग गरेको भन्दै असंवैधानिक कदम चालेर आफुले गरेको काम सही हो भन्न ओली देश दौडाहमा निस्किएको उनको भनाइ छ। ‘उहाँ ‘ओली’ आफ्नो कदम सही हो भन्दै जिल्ला तिर गइरहनुभएको छ। जनता त्यती मुर्ख छैनन्,’ उनले भने, ‘संविधानको धारा १०० अनुसार विश्वासको मत लिएको भएत उहाँकै नेतृत्वको सरकारले निरन्तरता पाउने थियो नी। किन संविधान भन्दा बाहिर गएर कदम चाल्नुभयो त।’
उनले संसद् विघटनको विषय सर्वोच्च अदालतले हेरिरहेको र अदालतले अदालतले व्याख्या गर्दा संविधानको भावना र मर्म अनुसार गर्नेमा आफु विश्वस्त रहेको बताए। असंवैधानिक कदम नसच्चाए मुलुकको राजनीति अध्यारो सरुङमा फस्ने सिंहको भनाइ थियो।
उनले स्वास्थ्य सामाग्री खरिद, ओम्नी काण्ड, यति काण्ड लगायतका दर्जनौं काण्डमा फसेको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए। ‘सरकार सुशासन दिनेमा होइन कुशासनमा सफल भएको छ। त्यसको पुष्टि ट्रान्सपरेन्सी इन्टरनेश्नलको प्रतिवेदनले गरेको छ,’ सिंहले भने।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार