बालुवाटार–बुढानिलकण्ठ बीचको टिकटक बिरुद्धमा डा. शेखर कोइरालाको नेतृत्व आवश्यक
इन्द्र रिजाल
पुस २६, २०७७ आइतबार २०:३५:५८
जुनसुकै मुलुकको सर्वाङ्गिण बिकासमा त्यस देशमा क्रियाशिल राजनीतिक दलहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । असल राजनीतिक नेतृत्व मुलुकमा स्थापित हुन सक्यो भने मुलुकले छोटो समयमा नै देश बिकासको मार्गमा अत्यन्तै ठूलो फडको मार्न सक्छ । अत्यन्तै राम्रा परिवर्तनका परिदृष्यहरु विश्व सामू देखाउन सकिन्छ ।
यदि देशमा इमान्दार राज्य संयन्त्र कायम गराउन सक्ने हो भने पनि खराब र गलत सोच भएका ब्यक्ति तथा तिनै ब्यक्तिसँग सम्बन्धित समूह र संघसंस्थाहरु समेत आफै किनारा लागेर जान थाल्दछन् । समुन्द्रको छालको तरंगमा तरंगित हुँदै आफै किनारासम्म आईपुग्छन् अनि तिनै किनारमा आईपुगेका बिकारका चिजहरु पुनः समुन्द्रको मूलप्रवाहमा मिसिन पाउँदैनन् । जसका कारण खराब सोच र गलत मनसाय बोकेर नेतृत्व छेउ पुगेका ब्यक्ति, समूह र संस्थाहरु समेत स्वतः हराएर जान्छन्, पछाडि हटेर जान्छन्, पर्दा अगाडि कहिल्यै पनि आउने साहस र हिम्मत गर्दैनन् ।
राजनीतिक संस्कार सहि हुने र राजनीतिक दलहरु ईमान्दार मात्रै हुने हो भनेपनि मुलुकबाट आधा भ्रष्टाचारजन्य गतिविधिहरु स्वतः अन्त्य भएर जान्छन् । राजनीतिक दलमा रहेका सबै नेता तथा कार्यकर्ता खराब सोच मात्रै लिएर अगाडि बढेका हुन्छन् भन्ने कुरा चाँहि किमार्थ पनि होइन । जुनसुकै दलभित्र पनि अत्यन्तै ईमान्दार नेता तथा कार्यकर्ताहरुको एउटा ठूलो लाईन जीवितै रहेको भने हुन्छ । जसले राजनीतिक दल र दलमा आबद्ध नेतृत्व तह सधैं असल र ईमान्दार बनिदेओस् भन्ने आशा र अपेक्षा राखेका हुन्छन् । दल भित्रका असल नेता तथा कार्यकर्ताले सधैं असल, ईमान्दार र विश्वासिलो बिकासको कामको अपेक्षा समेत राखेका हुन्छन् ।
यदि गोडमेल र काँटछाँटले मात्रै नपुग्ने अवस्था आएको देखिएमा पुरानो बेर्नालाई प्रतिस्थापित गर्दै नयाँ बेर्ना लगाउन पनि अब नेपाली कांग्रेस पछाडि पर्नु हुँदैन । ईमान्दार भएर भन्ने हो भने अब नेपाली कांग्रेसले आवश्यक परेमा हालको नेतृत्व समेत परिवर्तन गर्नसक्ने साहस र हिम्मत देखाउन सक्नुपर्छ । अहिलेको युवा नेतृत्वले त्यो हिम्मत देखाउनै पर्ने अवस्था आईसकेको देखिदैंछ ।
जब राजनीतिक दलहरुमा विश्वास र ईमान्दारिता स्खलित हुँदै जान्छ, त्यसको ठाउँमा खराब सोच र निच विचारका ब्यक्तिहरुको जमातले सिंगो राजनीतिक दललाई नै करेली लगाउन थाल्छन् । राजनीतिक दलमा नेतृत्व तहमा पुगेका जनताका प्रतिनिधिहरु नै जब आर्थिक दरिद्रता देखाउँदै द्रब्यमोहमा परेर धन आर्जनको खराब बाटोमा हिडन थाल्छन् तब उनीहरुका लागि आफ्नै दलका त्यागी, निष्ठावान र ईमान्दार नेता तथा कार्यकर्ताहरु पराया बन्न थाल्छन्, पराया ठान्न थाल्छन् तब तिनै नेताका प्रति कार्यकर्ताहरुको हेर्ने आँखामा समेत परिवर्तन आउन थाल्छ ।
हिजो सम्मानका लागि जोडिएका दुबै हातहरु धारे हातमा परिणत हुन थाल्दछन् । असल कार्यकर्ताका विचार र भावनाबाट जव कुनै पनि नेता पलायन हुन थाल्छ नि तब तिनै कार्यकर्ताहरुबाट बिस्तारै डराउन समेत थाल्दछन् । यसैको परिणाम नेता आफुलाई आफ्नै कार्यकर्ताहरुबाट असुरक्षित हुन थाल्दछन् । त्यहि भएर त जब जब नेता भ्रष्ट र अपारदर्शी हुन्छन्, तब तब उनीहरु असल र ईमान्दार कार्यकर्ताहरुलाई बिस्तारै पाखा लगाउँदै आफ्नाे ब्यक्तिगत सुरक्षाका लागि मुन्द्रे, जगल्टे, गने र डनेहरुको आश्रय र भरोसामा मात्र आफुलाई सुरक्षित भएको महशुस गर्न थाल्दछन् ।
जुनसुकै राजनीतिक दलभित्रको नेतृत्व तहमा रहेका ब्यक्तिहरुको असल सोच, असल विचार र दीर्घकालिन महत्व राख्नसक्ने परिकल्पनाहरुका आधारमा नै पार्टी संगठन सञ्चालन हुने हो । पार्टीको बिधान, विनियम, घोषणापत्र र बिभिन्न समयमा पार्टीले गरेका निर्णयहरु र लिएका सकारात्मक कदमहरुको आधारमा पार्टीले आफ्नाे कार्यदिशा स्पष्ट पार्दै जाने हो । यिनीहरु पार्टी संचालनका आधारस्तम्भहरु पनि हुन । तर नीति, थिति, बिधि, बिधान, सामूहिक निर्णय प्रक्रिया र ईमान्दारिताका आधारमा भन्दा पनि ब्यक्ति प्रधान राजनीतिक संस्कार अहिले व्यापक रुपमा हाबी भएको पाईन्छ ।
यसले नेपाली कांग्रेसलाई पनि असाध्यै नराम्रोसँग गाँजेको देखिदैछ । जसका कारण नेपाली कांग्रेसको वर्तमान नेतृत्व बिधि, बिधान, नियम, कानून, र आफैले गरेका निर्णयहरुलाई एकातिर पन्छ्याएर नितान्त व्यक्तिगत फाईदा र कुर्सी प्राप्तिको एकलौटी लक्ष्य लिएर मरिहत्ते गर्ने प्रवृत्ति बढदै गैरहेको छ । यसले नेपाली कांग्रेसका केही सीमित नेतृत्व तहमा रहेका व्यक्तिहरुलाई व्यक्तिगत रुपमा क्षणिक फाईदा पुगिरहेको भएतापनि सिंगो नेपाली कांग्रेस र नेपाली कांग्रेसमा आस्था र विश्वास राख्ने लाखौं कार्यकर्ताहरुले नेपाली कांग्रेस प्रतिको आस्था र विश्वासमा भने क्रमशः क्षयिकरण भैरहेको छ । यस बिषयमा वर्तमान कांग्रस नेतृत्व गम्भिर हुन भने सकेको देखिदैंन ।
तिनीहरुका ठाउँमा नेपाली कांग्रेसमा डाङ्गडुङ्गे नेतृत्वले प्रभुत्व जमाउन सक्ने खतरा समेत बढदै जाने आशंका आम नेता तथा कार्यकर्ताहरुको मनमा शंका र भयले ठाउँ बनाई रहेको देखिन्छ । यसले वर्तमानको नेपाली कांग्रेसलाई अग्रगमनमा भन्दा अधोगतितर्फ धकेल्दै लैजाने निश्चित छ ।
नेपाली कांग्रेस भित्रको यही कमजोरी र यही विकृतिलाई क्रमभंग गर्दै सिंगो पार्टी संगठनलाई बिधि, पद्धति र बिधान अनुसार सञ्चालन गर्दै सम्पूर्ण नेपाली जनताको आस्था र विश्वास गर्न लायकको कांग्रेस बनाउन वर्तमान कांग्रेसको गोडमेल, काँटछाँट गर्नुपर्ने बेला बितिसकेको देखिदैछ । यदि गोडमेल र काँटछाँटले मात्रै नपुग्ने अवस्था आएको देखिएमा पुरानो बेर्नालाई प्रतिस्थापित गर्दै नयाँ बेर्ना लगाउन पनि अब नेपाली कांग्रेस पछाडि पर्नु हुँदैन । ईमान्दार भएर भन्ने हो भने अब नेपाली कांग्रेसले आवश्यक परेमा हालको नेतृत्व समेत परिवर्तन गर्नसक्ने साहस र हिम्मत देखाउन सक्नुपर्छ । अहिलेको युवा नेतृत्वले त्यो हिम्मत देखाउनै पर्ने अवस्था आईसकेको देखिदैंछ ।
जन्माउने, हुर्काउने, पढाउने, बढाउने, पालनपोषण गर्ने, नैतिक शिक्षा प्रदान गर्दै समाजमा जिउन सक्ने योग्य नागरिक बनाउने भन्दा पनि जागिर खोजिदिने र घरबार जोडिदिने महान बन्दै गैरहेको वर्तमान राजनीतिक परिवशेमा राजनीतिज्ञहरुले पनि पोकेको फल मैले मात्रै फलाएको हो भन्ने मनगढन्ते अभिब्यक्ति दिदै हिडने केही चौकीदारी कांग्रेसका कारण असल, ईमान्दार, अनुभवी, पुराना तथा त्यागी नेता तथा नेतृत्व तह बिस्तारै नेपाली कांग्रेसबाट बिस्थापित हुँदै जाने अवस्था सृजना हुँदै गैरहेको छ । तिनीहरुका ठाउँमा नेपाली कांग्रेसमा डाङ्गडुङ्गे नेतृत्वले प्रभुत्व जमाउन सक्ने खतरा समेत बढदै जाने आशंका आम नेता तथा कार्यकर्ताहरुको मनमा शंका र भयले ठाउँ बनाई रहेको देखिन्छ । यसले वर्तमानको नेपाली कांग्रेसलाई अग्रगमनमा भन्दा अधोगतितर्फ धकेल्दै लैजाने निश्चित छ ।
जो सुकैले जस्तोसुकै ब्याख्या र तर्कना गरे पनि नेपाली कांग्रेस भित्रका केही असाध्यै असल र ईमान्दार नेता तथा कार्यकर्ताहरुका कारण मात्रै नेपाली कांग्रेस अहिलेको अवस्थामा पनि क्रियाशिल रहेको छ र परिआउँदा आफ्नाे उपस्थिति देखाउन सकिरहेको छ भन्ने कुरामा दुईमत छैन । वर्तमानको नेपाली कांग्रेसको नेतृत्वबाट भने वर्तमानमा छिचिमिरा झै उम्रिएका कम्यूनिष्ट पार्टीका अरिङ्गालहरुबाट जोगाएर गन्तब्यमा पुर्याउन सक्ला भन्ने आशा तमाम नेता तथा कार्यकर्ताहरुमा मर्दै गैरहेको आभास मिल्न थालेको छ ।
नेपाली कांग्रेस एकता अभियानका सुत्रधार हुन् । झरिमा रुझेका कार्यकर्ताहरुका लागि ओत लाग्ने एक बिश्वाशिला छाता हुन् । च्यातिएको, जताततै चिथोरिएर थङ्गथिलो बनाईएको लोकतन्त्रको लाज छोप्ने एक गाता हुन् । साच्चै भन्नु पर्दा वर्तमान नेपाली कांग्रेसको नेतृत्व तहभित्र रहेका आशालाग्दा र विश्वास गर्न योग्य हजारौं युवा नेतृत्वहरुलाई एकाकार गर्दै सिंगो र हराभरा नेपाली कांग्रेस बनाउने एक साहसिक राजनेता हुन् ।
नेपाली कांग्रेसले आफ्नाे राजनीतिक धरातल बिर्सदै जानु, देश र जनताका लागि भन्दा पनि व्यक्तिगत द्रब्य मोह र परिवारवादमा लिप्त भएका कारण साथै बिदेशीको ईशारामा मात्रै बामे सर्ने वर्तमान कांग्रेस नेतृत्वका कारण देश झनझन अधोगतितर्फ मात्रै अगाडि बढन बाध्य हुनु परिरहेको छ । नेतृत्व तहले दह्रो खुट्टा नटेकी दिँदाको परिणाम नेपाली कांग्रेस जस्तो महान पार्टी कम्युनिष्ट नामका राजनीतिक दलालहरुको सिद्धान्तका अघिपछि लाग्दै र घिसारिंदै आम कार्यकर्ताहरुको भावनाका बिरुद्धमा जान बाध्य हुनुपरेको छ । बालुवाटार र बुढानिलकण्ठको टिकटक बन्द नगरी सिंगो र हराभरा नेपाली कांग्रेस बनाउने सपना नदेख्दा पनि हुन्छ भनेर अहिले तमाम नेपाली कांग्रेसका नेता तथा कायकर्ताहरु डा. शेखर कोइरालाको सामूहिक नेतृत्वमा गोलबद्ध हुँदैंछन् ।
सधैं बिदेशी प्रभूको ईशारामा मात्रै आफ्नाे भाग्य, भविष्य देख्ने र आफ्ना पाईला अगाडि सार्ने वर्तमान नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा र जिन्दगीभरको फोहोरको डंगुरलाई होलीवाईनले चोख्याईएका वर्तमान कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली बीचको अघोषित कार्यगत एकताले देशमा सत्तापक्ष र प्रतिपक्षको राजनीतिक धरातल र सीमा समेत निमिट्यान्न पारिदिएको छ । जसका कारण मुलुककै सबैभन्दा पुरानो समाजवादी दल नेपाली कांग्रेसलाई बिस्तारै प्रजातान्त्रिक समाजवादको ब्याख्याताबाट समेत केही तल्तिरसम्म झारिदिएको छ ।
जनताले नै आफ्ना आवाज, भावना र विचारलाई निर्वाध उपयोग गर्न सडकमा मरिदिएर ल्याईदिएको लोकतान्त्रिक गणतन्त्रमा समेत जनताका आवाजलाई अहिले पनि काँढेतारले बेरिएको अवस्था ज्यूँ का त्यूँ छन् । सरकार हराएको देश र प्रतिपक्षबिहिन कांग्रेसको लाचार उपस्थिति तोडनका लागि र जनताको नेपाली कांग्रेसप्रतिको गुमेको आशा, भरोसा र विश्वासलाई जोडदै पुनः नेतृव तहमा आउन र देश बिकासको महान अभियानलाई टुङ्गोमा पुर्याउन पनि डा. शेखर कोइरालालाई यसपटक सबै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले हृदयदेखिनै सहयोग गर्न जरुरी छ ।
साच्चै भन्ने हो भने डा. शेखर सुकिसकेको रुखको एक आशालाग्दो मुना हुन् । निराशामा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुका लागि आशावादीताका एक मुहान हुन् । नेपाली कांग्रेस एकता अभियानका सुत्रधार हुन् । झरिमा रुझेका कार्यकर्ताहरुका लागि ओत लाग्ने एक बिश्वाशिला छाता हुन् । च्यातिएको, जताततै चिथोरिएर थङ्गथिलो बनाईएको लोकतन्त्रको लाज छोप्ने एक गाता हुन् । साच्चै भन्नु पर्दा वर्तमान नेपाली कांग्रेसको नेतृत्व तहभित्र रहेका आशालाग्दा र विश्वास गर्न योग्य हजारौं युवा नेतृत्वहरुलाई एकाकार गर्दै सिंगो र हराभरा नेपाली कांग्रेस बनाउने एक साहसिक राजनेता हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
प्रधानन्यायाधीश राउतको नजरमा पूर्वसभामुख ढुंगाना
मंसिर ३, २०८१ सोमबार
धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा
मंसिर ३, २०८१ सोमबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार