मैले अवसर दिएँ, सिंहले म आफैँलाई झम्टने काम गर्याे : ओली
नेपालबहस संवाददाता
पुस २६, २०७७ आइतबार १९:५९:५९
२६ पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारले गरेको प्रगतिप्रति इर्ष्या र डाहले केही व्यक्ति आफूविरुद्ध षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।
आफू पहिलोपटक प्रधानमन्त्री बनेको समयमा विकास निर्माणको काम अगाडि बढाउँदा छटपटी भएर सरकार ढालिएको र अहिले पनि उनीहरू आफूविरुद्ध लागेको आरोप ओलीले लगाए ।
आइतवार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै ओलीले देशविरुद्ध अस्थिरता फैलाउने षड्यन्त्र बढेपछि भारी मन लिएर प्रतिनिधिसभा विघटन गरेको दावी गरेका छन् ।
‘सरकारले गरेका राम्रा कामप्रति इर्ष्या र डाहले केही मान्छे लागे । निर्वाचनबाट आएको प्रधानमन्त्रीलाई षड्यन्त्र गरेर बीचमा हट्नुपर्छ भने,’ ओलीले भने, ‘मैले अवसर दिएँ । त्यही अवसरबाट सिंह बनाइदियो, सिंहले म आफैँलाई झम्टने काम गर्याे ।’
आइतबार दिउँसो १ बजेपछि बसेको बैठकमा प्रधानमन्त्री ओली बोलिरहेका छन् । आफ्नो सरकारले तिब्र गतिमा काम गरिरहेको समय आफूविरुद्ध पार्टीमा गुटबन्दी गरिएको उनले बताएका छन् ।
प्रधानमन्त्री ओलीले पुष ५ गते प्रतिनिधि सभा भंग गरेका थिए। उक्त कदम सच्याउन नेपाली कांग्रेस, नेकपाकै प्रचण्ड-नेपाल र जसपालगायत दलले माग गरिरहेका छन् ।
तस्विर : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको फेसबुकबाट साभार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
नवनियुक्त चार राजदूतले लिए शपथ
मंसिर २, २०८१ आइतबार