पूर्वप्रधानन्याधीशलाई धम्क्याउने ओलीकाे कार्य आपत्तिजनक : प्रचण्ड–नेपाल
नेपालबहस संवाददाता
पुस २६, २०७७ सोमबार १:२३:६
२६ पुष, काठमाडौं । पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले चार पूर्वप्रधानन्याधीशहरुले संयुक्त वक्तव्य दिएकोमा प्रधानमन्त्री केपी ओलीले अपमानित गर्ने र धम्काउने काम गरेको भन्दै उक्त कार्य आपत्तिजनक भएको निष्कर्ष निकालेको छ । प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठकले ओलीले अधिनायकवादी र निरंकुश चरित्र देखाएको भन्दै यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएको हाे ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको सचिवालय बैठकले चारजना पूर्वप्रधानन्यायाधिशले प्रतिनिधिसभा विघटनको बारेमा संवैधानिक व्यवस्था के छ भन्ने सम्बन्धमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्दा प्रधानमन्त्री ओलीले अपमानित र धम्क्याएको भन्दै बैठकले प्रतिवाद गरेकाे हाे ।
मुख्यत : चार जना प्रधानन्यायाधिशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीले देश जनता लोकतन्त्र संविधान राजनीतिक स्थिरता र सुशासनप्रतिको निष्ठाका कारण एउटा जिम्मेवार नागरिकको हैसियतमा प्रतिनिधिसभा विघटनको बारेमा संवैधानिक व्यवस्था के छ भन्ने सम्बन्धमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै सार्वजनिक वक्तव्य दिएकोमा उनीहरुलाई प्रधानमन्त्री ओलीले अपमानित गर्ने र धम्क्याउने कार्य आपत्तिजनक भएकाे भन्दै बैठकले यसको प्रतिवाद गर्दै कडा शब्दमा र्भत्सना गरेको छ ।
यस्तै बैठकले सरकारी सञ्चार माध्यमहरु कुनै गुटको प्रचारक जस्तो काम गरेको भन्दै राज्यको स्रोत साधन दुरुपयोग गर्दै गुटलाई सेवा गर्ने काम बन्द गर्न माग समेत गरेको छ । बैठकले पार्टीको सम्पूर्ण निकायलाई पार्टीको सुदृढिरणमा लाग्न र संघर्षका कार्यक्रमलाई प्रभावकारी रुपमा सफल पार्न निर्देशन दिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
नवनियुक्त चार राजदूतले लिए शपथ
मंसिर २, २०८१ आइतबार