सरकारले चैत्र ११ गतेदेखि बन्द रहेका सिनेमा भवनहरु खोल्ने
नेपालबहस संवाददाता
पुस २७, २०७७ सोमबार १७:३३:२१
२७ पुष, काठमाडौं । नेपाल सरकारले चैत्र ११ गतेदेखि बन्द रहेका सिनेमा भवनहरु खोल्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले सुरक्षा मापदण्ड अपनाएर चलचित्र भवनहरु संचालन गर्न दिने निर्णय गरेको हो ।
संचार, सूचना तथा प्रविधी मन्त्री पार्वत गुरुङले आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले सिनेमा भवनहरु खोल्न दिने निर्णय गरेको हाे । सरकारले कोरोना महामारीका कारण गतबर्षको चैत्र ११ गतेबाट देशभरका सिनेमा भवनहरु बन्द गर्ने निर्णय गरेको थियो । तर, लकडाउन सकिएको घोषणा गरिसक्दा पनि सरकारले सिनेमा भवनहरु भने संचालनका लागि अनुमती दिएको थिएन ।
चलचित्रकर्मीहरुले बारम्बार सरकारसँग सिनेमा भवन खोल्ने अनुमती दिनका लागि अनुरोध गरेका थिए । सरकारले सिनेमा भवन खोल्ने बिषयमा कुनै निर्णय नगरेपछि पौष १० गतेबाट प्रदर्शकहरुले एकतर्फी रुपमा हल खोलेका थिए । सीसीएमसीले केही दिन अगाडि नै सरकारलाई सुरक्षा मापदण्ड अपनाएर सिनेमा भवन सुचारु गर्न दिन आग्रह गरेको थियो ।
सरकारले सीसीएमसीको पत्रलाई आधार मान्दै हल खोल्न दिने निर्णय गरेको हो । सिनेमा भवनहरु पौष १० गतेबाट संचालनमा आएपनि नयाँ चलचित्र भने रिलिज भएका छैनन् । अब, चलचित्र रिलिजका लागि निर्माताहरु पनि अगाडि आउने अपेक्षा गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार