ओलीको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त : कमल थापा
नेपालबहस संवाददाता
पुस २७, २०७७ मंगलबार ०:२:३
२७ पुष, गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’का अध्यक्ष कमल थापाले केपी ओली नेतृत्वको सरकारको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त विकल्प रहेको बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गोरखा आएका थापाले पत्रकारसँग कुराकानी गर्दै प्रतिनिधि सभाविघटनको निर्णयले संवैधानिक जटिलता निम्त्याएको बताए ।
‘प्रतिनिधिसभा विघटनसम्बन्धी अहिलेको संविधानमा केही अस्पष्टता छ,’ उनले भने, ‘संविधानको व्याख्या तथा संविधानमा रहेको विवाद निरुपण गर्ने अन्तिम अधिकार सर्वोच्चलाई दिएको छ, त्यसैले अहिलेको अस्पष्टताको व्याख्या पनि सर्वोच्चले गर्नुपर्छ ।’ प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा विचाराधिन रहेकाले कोही कसैले पक्ष विपक्षमा जवाफ दिनु उपयुक्त नहुने उनले बताए ।
दिवसको अवसरमा गोरखा संग्रहालयमा राप्रपाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिएर राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकारलाई आग्रह गरेका छन् । ‘म विशेष गरी केपी ओलीलाई आग्रह गर्न चाहन्छु, यदी तपाईं इमान्दार राष्ट्रवादी हो भने पृथ्वी नारायण शाहको जन्म दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउने घोषणा गर्नुस्,’ उनले भने ।
शाहको योगदानलाई राजनीतिसँग मात्र जोडेर हेर्न नहुने उनले बताए । राष्ट्र निर्माणमा शाहको योगदान राजनीतिक व्यवस्था भन्दा धेरै माथि रहेको बताउँदै थापाले भने, ‘०६२र६३ को आन्दोलन पश्चात जुन परिवर्तनबाट देशलाई हिँडाउने प्रयास भयो त्यो बेला पृथ्वी नारायण शाहको अवमूल्यन गरियो, उहाँको योगदानको बारेमा भ्रम सृजना गरेर इतिहासलाई कालो पोत्ने काम गरियो, शालिक भत्काइयो, तर अहिले त्यो मनस्थितिमा परिवर्तन आएको छ, मलाई त्यसमा खुशी लागेको छ ।’
दिवसको अवसरमा राप्रपाले र्याली समेत निकालेको थियो । हरमटारीबाट निकालिएको र्याली बिसौनी, बसपार्क, पदेली हुँदै गोरखा संग्रहालयमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार