पृथ्वीनारायण शाहको दिव्यउपदेश अहिले पनि उत्तिकै सान्दर्भिक : डा. महत
नेपालबहस संवाददाता
पुस २७, २०७७ मंगलबार १:२९:४८
२७ पुष, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने बताएका छन् । विश्व हिन्दू महासङ्घ नेपालले २९९औँ पृथ्वी जयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘नेपालको सनातन धर्म संस्कृति संरक्षणको क्षेत्रमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदान’ विषयक विचार गोष्ठीमा उनले नेपाललाई अहिलेको अवस्थामा पु¥याउनका लागि शाहको महत्वपूर्ण योगदान रहेको बताएका हुन् ।
“पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए नेपाल बेलायतको अधिनमा पुगिसक्थ्यो, उनकै योगदानका कारण हामी अहिले नेपाली भएर बाँच्न पाएका छौँ”, डा. महतले भने । पूर्वअर्थमन्त्री महतले पृथ्वीनारायण शाहले सामाजिक अर्थनीतिलाई अगाडि बढाएको उल्लेख गरे। जनताको भावनालाई कदर गर्ने व्यक्ति पृथ्वीनारायण शाह भएको उनको भनाइ थियो । डा. महतले पृथ्वीनारायण शाहको दिव्यउपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।
विश्व हिन्दू महासंघ नेपालका अध्यक्ष एवं पूर्वसहायकमन्त्री डा रामचन्द्र अधिकारीले मुलुकमा धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र आवश्यक रहेको उल्लेख गरे। वाचन प्रविण दिनबन्धु पोखरेलले संस्कृतिमा राष्ट्रियता खोज्ने काम पृथ्वीनारायण शाहको पालादेखि शुरुआत भएको बताए।
नेपालको पाशुपत क्षेत्र योग र ध्यानको केन्द्र भएकाले विश्वमा नेपालको छुट्टै पहिचान रहेको उनको भनाइ थियो । नेपाली कांग्रेसका युवा नेता विष्णु धितालले हिन्दू राष्ट्र निर्माणका लागि देशभरका सम्पूर्ण ॐ कार परिवार एकजुट हुनुपर्ने उल्लेख गरे । उनले हिन्दू राष्ट्र बनाउने महाअभियानमा जुट्न सबैलाई आग्रह गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
नवनियुक्त चार राजदूतले लिए शपथ
मंसिर २, २०८१ आइतबार