माघीमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस २७, २०७७ मंगलबार १:५८:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/bida-sarwajanik-e1631763584879_6bkqI9HIam.png)
२७ पुष, कैलाली । थारू समुदायको माघी पर्वको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले पुस २९, माघ १ र २ गते गरी तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिनुभयो ।
अध्यक्ष चौधरीले कैलारीमा थारू समुदायको अत्यधिक मात्रामा बसोबास रहेकाले थारू समुदायको परम्परागत संस्कृतिको जगेर्नाका साथै स्थानीय कला, परम्परा प्रवद्र्धन गर्नका लागि बिदा दिने निर्णय बताउनुभयो ।
पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, वित्तीय संस्था, विद्यालय, सार्वजनिक निकायलगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायहरु बन्द रहने गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिमका पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित बढ्दै
असार ५, २०८१ बुधबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी
असार १२, २०८१ बुधबार