एकीकरणको प्रारम्भिक विन्दुमा एकता दिवस : पृथ्वीनारायण दक्षिण एशियाकै अब्बल योद्धा
नेपालबहस संवाददाता
पुस २७, २०७७ मंगलबार २:१५:५
२७ पुष, नुवाकोट । दुई सय ९९ औंँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस नुवाकोटमा विभिन्न कार्यक्रम गरी आज मनाइएको छ । राष्ट्रनिर्माताको राजधानी नुवाकोट दरबार क्षेत्र, सदरमुकाम विदुर र अन्त्यस्थल देवीघाटस्थित पृथ्वीनारायणको शालिक भएका स्थानमा फरक फरक कार्यक्रम गरी मनाइएको हो ।
विदुरमा आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण दक्षिण एशियाको एकीकरणको अब्बल योद्धा भएकाले उहाँको योगदानको सरकारले कदर गर्नुपर्ने बताए ।
डा. लोहनीले सरकारले पृथ्वीनारायणले एकीकरणमा पु¥याएको योगदानलाई सम्मान गर्दै एकता दिवस भव्य रुपमा मनाउनुपर्नेमा पनि जोड दिए ।राप्रपा नुवाकोटको आयोजनामा भएको कार्यक्रममा बाजागाजासहित सदरमुकाम परिक्रमा गरिएको थियो ।
यस्तै नुवाकोट दरबार क्षेत्रमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले पृथ्वीनारायणले मुलक टुक्रिनबाट जोगाएको बताए । प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले इतिहासको विरोध नभई सम्मान गरी अघि बढ्नुपर्ने बताए ।
यस्तै विदुर– ५ देवीघाटस्थित पृथ्वी स्मारकमा आयोजित कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले शाहको एकता अभियानबाट अहिलेको पुस्ताले पाठ सिक्नुपर्ने बताए । नगरपालिकाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सार्वजनिक बिदा पनि दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार