नेकपाका नेताहरुको आन्तरिक झगडाले लोकतन्त्र नै धरापमा : उपेन्द्र यादव
नेपालबहस संवाददाता
पुस २७, २०७७ मंगलबार २:२३:१९
२७ पुष, पर्सा । जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयले मुलुकमा राजनितिक अस्थिताको वातावरण निर्माण गरेको आरोप लगाएका छन् ।
जसपा पर्साले आज वीरगञ्जमा अयोजना गरेको विरोध कार्यक्रममा अध्यक्ष यादवले प्रतिनिधिसभा विघटनपछि मुलुकमा राजनीतिक अस्थिता उत्पन्न गरेको तथा लोकतन्त्रलाई कमजोर पार्ने काम गरेको छ भने।
पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री यादवले दुवै छिमेकीसँग राष्ट्र हितका आधारमा सन्तुलित मैत्रीपूर्ण सम्बन्ध राख्न तथा समान व्यवहारका आधारमा कूटनीतिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । अध्यक्ष यादवले वर्तमान समस्या संवैधानिकभन्दा बढी राजनीतिक रहेकाले यसको समाधानको उपाय राजनीतिबाट नै खोजिनुपर्ने भनाइ राखे।
कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक अस्थिरताले सङ्घीय लोकतान्त्रिक गणतन्त्र मन नपराउने तत्वले सल्बलाउने मौका पाएको बताए। उनले वर्तमान संविधानले नेपाली नागरिकलाई प्रदान गरेको मौलिक हकलाई हेर्न नचाहने र प्रतिगमनको पर्खाइमा रहेकाहरुलाई संसद विघटनको निर्णयले अवसर प्रदान गरेको जिकिर गरे ।
जसपा पर्साका अध्यक्ष रामनरेश यादवका अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्णले नेकपाका नेताहरुको आन्तरिक झगडाले लोकतन्त्रलाई नै धरापमा पारेको आरोप लगाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नवनियुक्त चार राजदूतले लिए शपथ
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
नवनियुक्त चार राजदूतले लिए शपथ
मंसिर २, २०८१ आइतबार
दूर दराजबाट काठमाडौँमा अध्ययन गर्न आउने विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण
मंसिर २, २०८१ आइतबार