राष्ट्र बैंक भन्छ:-शिथिल बनेको अर्थतन्त्रमा सुधार, ५४ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा
नेपालबहस संवाददाता
पुस २८, २०७७ बुधबार २:४४:१४
२८ पुष, काठमाडौं । नेपाल राष्ट्र बैंकको एक अध्ययनले कोभिड–१९ महामारीले शिथिल बनेको अर्थतन्त्रमा सुधार आउन लागेको उल्लेख गरेको छ । केन्द्रीय बैंकले यसअघि असारमा महामारीको प्रभाव अध्ययन गर्दा सर्वेक्षणमा सहभागी भएका व्यवसायको पुनः अध्ययन गर्दा सुधार भएको पाइएको उल्लेख गरेको छ ।
राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन’ अनुसार, ५४ प्रतिशत उद्योग, व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको देखाएको छ ।
कोरोना महामारीका कारण बन्द भएका उद्योग व्यवसायमध्ये ५४ प्रतिशत पूर्णरूपमा सञ्चालनमा आएको पाइएको छ । बाँँकी रहेकामध्ये पनि क्रमशः सञ्चालनमा आउने तयारीमा छन् । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार उद्योगरव्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोवारमा सुधार आएको पाइएको छ ।
केन्द्रीय बैंकले गरेको पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा पछिल्लोपटक गरिएको सर्वेक्षणले ५४ प्रतिशत उद्योग-व्यवसाय पूर्णरूपमा सञ्चालनमा आएको देखाएको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टका अनुसार २०७७ कार्तिक १३ देखि २०७७ मंसिर २४ सम्म तुलनात्मक अध्ययन गर्दा उद्योग प्रतिष्ठानमा तुलनात्मक रूपमा सुधार देखिएको हो ।
यसअघि बैंकले २०७७ जेठ २६ गतेदेखि असार १० गतेसम्म ५२ जिल्लाका ६७४ उद्योगी-व्यवसायीबाट तथ्याङ्क संकलन गरी कोभिड–१९ ले व्यवसायमा पारेको असर अध्ययन गरेको थियो । सो सर्वेक्षणले बन्दाबन्दीपश्चात औसतमा ६१।०३ प्रतिशत उद्योग-व्यवसाय सञ्चालन हुन नसकेको र ४।१ प्रतिशत उद्योग-व्यवसायहरु मात्र पूर्णरूपमा सञ्चालनमा रहेको देखाएको थियो ।
सरकारले कोभिड–१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसाय क्रमिकरूपमा सञ्चालनमा आउन थालेको बैंकको ठहर छ । अघिल्लो सर्वेक्षणमा सहभागी व्यवसायीबाट पुनः तथ्याङ्क सङ्कलन गर्दा कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्रै सञ्चालनमा थियो । पछिल्लो अध्ययनमा भने ५०.५१ प्रतिशत पुगेको छ । यस्तै रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५० प्रतिशतबाट ८७.५१ प्रतिशत पुगेको छ ।
यस्तै कृषि वन तथा मत्स्यपालनमा गत असारमा सञ्चालनको अवस्था ५८.०८ प्रतिशत रहेकामा गत मङ्सिरमा आइपुग्दा ७१.९७ प्रतिशत पुगेको छ । खानीतर्फ गत असारमा ४० प्रतिशत रहेकामा मंसिरमा ५२।५० पुगेको छ । केन्द्रीय बैंकका अनुसार उत्पादनमूलक उद्योगतर्फ ६१.९३ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आएको छ । विद्युत्, ग्यास, पानीतर्फ ९२.५० प्रतिशत व्यवसाय सञ्चालनमा आएको छ । निर्माण क्षेत्रमा ५४.८३, थोक तथा खुद्रा व्यापार ५७.२२, होटल तथा रेष्टुरेन्ट १८.११, यातायात तथा भण्डारणतर्फ ५५ प्रतिशत व्यवसाय सञ्चालनमा आएको छ ।
सञ्चारतर्फ ४२.२७, रियलस्टेट, भाडा तथा व्यावसायिक क्रियाकलाप ४६.४३, शिक्षा ३७.५८, स्वास्थ्य तथा सामाजिक कार्य ५२ र अन्य क्षेत्र क्रमशः ४४ प्रतिशत सञ्चालनमा आएको केन्द्रीय बैंकले जनाएको छ । गत असारको तुलनामा उद्योग–व्यवसायको उत्पादन तथा कारोवारको अवस्थामा सुधार आएको केन्द्रीय बैंकले जनाएको छ ।
कोभिड महामारी अगाडिको तुलनामा गत असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन-कारोवार रहेकामा मंसिरसम्म आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ५० प्रतिशतभन्दा बढी पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार