पीबीएस आईटी करियर कन्क्लेभ:- अबको भविश्य आईटीमै रहेको विज्ञहरूको दावी
नेपालबहस संवाददाता
पुस २९, २०७७ बुधबार १६:३८:४३
२९ पुष, काठमाडौं । ‘आर यु फ्युचर रेडी’ स्लोगनसहित प्रेसिडेन्सियल बिजनेस स्कूलमा आयोजित दुईदिने आईटी करियर कन्क्लेभ सम्पन्न भएको छ । प्रेसिडेन्सियल बिजनेस स्कूल र लिभिङ विथ आईसीटीको संयुक्त आयोजनामा गत पुष २५ र २६ गते आयोजना भएको कार्यक्रममा विभिन्न ५ सेशनमा २५ भन्दा बढी वक्ताहरूको सहभागिता रहेको थियो ।
आईटीमा भविष्य खोज्नेहरूलाई लक्षित गरेर आयोजना गरिएको यो आईटी करियर कन्क्लेभमा वक्ताहरूले अबको भविष्य प्रविधिसँगै जोडिएको हुँदा सोही अनुकूल सरकार र सर्वसाधारण पनि प्रविधमैत्री वातावरणमा रूपान्तरण हुनुपर्नेमा जोड दिएका थिए । अहिलेको इमर्जिङ प्रविधिहरूबारे छलफल गर्दै सुरु भएको कन्क्लेभ अबको १० वर्षभित्र नेपालमा आईटीको विकास कस्तो हुन सक्छ भन्ने विषयमा गएर टुंगिएको थियो ।
कार्यक्रमको अन्तिम सेशनमा बोल्दै पूर्वमन्त्री गणेश शाहले स्टार्टअप, इन्नोभेसन र उद्यमशीलतामा अबको भविष्य खोज्नुपर्ने बताए । यसैगरी आईटी विज्ञ मनोहर भट्टराईले सरकार पोलिसी निर्माणमा अघि रहे पनि कार्यान्वयन पक्ष फितलो हुँदा यो क्षेत्रमा अपेक्षाकृत प्रगति हुन नसकेको बताए । उनले अझै पनि युवाका समस्याहरू नबुभ्mने र नेपाली इन्नोभेसनलाई सहजीकरण नगर्ने हो भने १० वर्षमा ठूलो परिवर्तन देख्न नसकिने बताए । यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले अबको १० वर्षमा ई–गभर्नेन्सको क्षेत्रमा बदलाव आउने बताए ।
प्रधानमन्त्रीका आईटी सल्लाहकार अश्गर अलीले विगत केही वर्षदेखि सरकारले आईटीलाई प्राथमिकतामा राखेर काम गरिरहेको हुँदा परिवर्तन सम्भव रहेको बताए । नागरिक अधिकार एपले चाँडै मूर्तरूप लिने भन्दै उनले अब डिजिटल प्रविधिले अन्य क्षेत्रलाई ड्राइभ गर्नुपर्नेमा जोड दिए । मेडसफ्टकी सीईओ प्रनिता उपाध्यायका अनुसार अबका दश वर्षमा घरबाटै काम गर्ने रणनीतिले प्रोत्साहन पाउनेछ । त्यसैगरी भौतिक पूर्वाधार र साइबर सुरक्षामा पनि एकदमै बदलाव आउने उनले बताएकी थिइन् ।
कार्यक्रममा कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यले आफ्नो अनुभवहरू बाँडेका थिए । नलेज स्पेसियलिस्ट हेमपाल श्रेष्ठले सञ्चालन गरेको उक्त सेशनमा डिजिटल नेपाल र यसका एजेन्डाको विषयमा पनि छलफल भएको थियो ।
यो महत्वपूर्ण सेशनसँगै कार्यक्रममा इन्नोभेसन र टेक्नोलोजिकल उद्यमशीलता, इमर्जिङ टेक्नोलोजी र कनेक्टिङ ट्यालेन्ट्स टु दि वल्र्ड विषयमा पनि प्यानल डिस्कसन सञ्चालन भएको थियो । कार्यक्रममा धेरै सहभागीहरू भर्चुअल रूपमा पनि सहभागी भएका थिए र भौतिक रूपमा भने स्वास्थ्य मापदण्ड अपनाएर विभिन्न सरोकारवाला तथा मिडियाको उपस्थिति रहेको थियो ।
पहिलो सेसन ‘इमर्जिङ टेक्नोलोजी इन आइटी इन्डष्ट्री’ मा योङ इन्नोभेसनका सीईओ विभूषण विष्ट, क्लाउड फ्याक्ट्रीकी वरिष्ठ सफ्टवेयर इन्जिनियर माधुरी श्रेष्ठ, नेपाल खुल्ला विश्वविद्यालयका कार्यक्रम संयोजक डा. भोजराज घिमिरे र फ्यूज क्लासरुमका निर्देशक पराग श्रेष्ठ सहभागी भएका थिए । त्यसैगरी इ सत्यका इन्चार्ज रुचिन सिंह मोडरेटरको भूमिकामा रहेका थिए । दोस्रो सेशन ‘इन्नोभेसन एण्ड टेक्नोलोजिकल आन्ट्रप्रेनरसीप’ विषयमा सञ्चालन भएको थियो । यो सेशनमा खल्तीका सहसंस्थापक मनीष मोदी, फुडमाण्डूका संस्थापक मनोहर अधिकारी र जीवीका प्रबन्ध निर्देशक आभुषण ज्योति कंसाकार सहभागी भएका थिए ।
त्यस्तै तेस्रो सेशनमा आईटीमा करियर सम्भावनाको बारेमा पनि प्रश्न उत्तर अर्थात् क्युएनए सेसन सञ्चालन भएको थियो । यस सेसनमा मेरो लगानीका सीईओ अतितलाल श्रेष्ठ र लिफ्रग टक्नोलोजीकी स्वेच्छा विष्ट सहभागी भएका थिए । त्यसैगरी कार्यक्रमको दोस्रो दिन ‘कनेक्टिङ ट्यालेन्ट्स विथ ग्लोबल अपर्चुनिटी’ विषयमा भर्चुअल सेशन सञ्चालन भएको थियो । यस सेसनमा किम्बु टेक्नोलोजीकी सीईओ कार्भिका थापा, सिम्प्लिफाई ३६० का सीईओ लक्ष्मी खतिवडा र जेनस सोलुसनका सीटीओ अञ्जनी फुँयाल, ग्रोवाईडेटाका सहसंस्थापक प्रशन्न ढुंगेल लगायतको सहभागिता थियो ।
अमेरिकन बिजनेश डिग्री सञ्चालन गरिरहेको प्रेसिडेन्सियल बिजनेस स्कुलले यसै वर्षदेखि आईटी अन्तर्गत बिएससी आईटी र एमएससी आईटीका शैक्षिक कार्यक्रमहरू सञ्चालनको तयारी गरेको छ । कलेजले पहिलोपटक आईटी करियर कन्क्लेभ सफलतापुर्वक सम्पन्न गरेको कार्यकारी निर्देशक लक्ष्मण केसीले बताए । आगामी दिनमा आइटीको भविष्य सुमधुर रहेको बताउँदै केसीले यसको लागि योग्य र दक्ष विद्यार्थी उत्पादनमा जोड दिने र आईटी उद्योगसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
आईटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ
कात्तिक २९, २०८१ बिहिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार