पर्वत समाचारः पैयूँमा फोहर फाल्न शुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
पुस २९, २०७७ बुधबार २०:३६:१९
![](https://nepalbahas.prixacdn.net/media/albums/fohor_mDaLuEWt5M.jpg)
२९ पुष, पर्वत । दक्षिण पर्वतको पैयूँ गाउँपालिकाले फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न थालेको छ । बढ्दो शहरीकरणसँगै गाउँपालिकाको केन्द्र हुवास र अन्य बजार क्षेत्रमा फोहर व्यवस्थापन चुनौतीको रुपमा रहेको थियो । गाउँपालिकाले जग्गाको अभावमा अहिलेसम्म फोहर व्यवस्थापन गर्न सकेको थिएन ।
हालै गाउँपालिकाले हातेमालो चोकबाट दुई किलोमिटर टाढा वडा नं १ टकलाकको घ्याङ्सिङमा ल्याण्डफिल साइट बनाएर फोहर व्यवस्थापन गर्न थालेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जग्गा व्यवस्थापन गरी फोहर फाल्न शुरु भए पनि अझै व्यवस्थित गर्ने काम बाँकी रहेको बताए ।
कुहिने र नकुहिने फोहर अलगअलग सङ्कलन गर्ने र फोहर प्रशोधन गर्ने योजना बनाइएको पौडेलले बताए । फोहर थुपार्ने मात्रै नभई प्रशोधन केन्द्रसमेत बनाउने गाउँपालिकाको योजना रहेको र त्यसका लागि रु पाँच करोड खर्च लाग्ने अनुमानका साथ पूर्वाधार निर्माणको पहल भएको पौडेलले बताए । गाउँपालिकाले फोहर फाल्न ६२ आना जग्गा खरीद गरेको हो ।
गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बजार क्षेत्रमा चुनौतीको रुपमा रहेको फोहर व्यवस्थापन कार्य अब सहज भएको बताउनुभयो । फोहरका कारण बजार क्षेत्र दुर्गन्धित हुने समस्या हट्ने तिवारीले बताए ।
स्थानीयवासीले घर र घरबाहिरको फोहर डस्टबिनमा जम्मा गरेर खोलाखोल्सीमा फाल्ने, जलाउने गरेका थिए । गाउँपालिका स्थापना हुँदादेखि नै फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइट बनाउने योजना भए पनि अहिले बल्ल जग्गा पाएपछि योजना पूरा भएको तिवारीले बताए।
जिल्लाका सात स्थानीय तहमध्ये कुश्मा नगरपालिकाले मात्रै व्यवस्थित तरिकाले फोहर व्यवस्थापन गर्दै आएको छ । मोदी गाउँपालिकाको फोहर अहिले पनि मोदीखोला र सडक छेउमा विसर्जन गर्दै आएको छ । फलेवास नगरपालिका, बिहादी र महाशीला गाउँपालिकामा पनि फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साइटको अभाव छ भने जलजला गाउँपालिकाले पनि यसै वर्षदेखि फोहरको व्यवस्थापन कार्यलाई स्थानीय सङ्घसंस्थालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
काठमाडौं महानगरपालिकाले छात्राबासहरुको अनुगमन गर्ने
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार