कुश्मा र फलेवासका दुई गाउँमा हात्तीपाइले परीक्षण गरिने
नेपालबहस संवाददाता
पुस २९, २०७७ बुधबार २०:५०:२५
२९ पुष, पर्वत । हात्तीपाइले रोगको वर्तमान अवस्था पत्ता लगाउन दुई गाउँमा परीक्षण गरिने भएको छ । कुश्मा नगरपालिका–१ पाङ र फलेवास नगरपालिका–५ खानीगाउँमा समुदायमा हात्तीपाइले रोगको अवस्था पत्ता लगाउन परीक्षण गरिने भएको हो ।
कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौँडाले पाङ र खानीगाउँमा हात्तीपाइले रोगको सङ्क्रमण रहेको तीन पटक गरिएको परीक्षणबाट पत्ता लागेको थियो । दुई स्थानमा हात्तीपाइले रोगका बिरामी रहेकाले जिल्लाभर ११औँ चरणसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइएको छ ।
अहिलेको अवस्था पत्ता लगाउने उद्देश्यले दुई गाउँमा ६०० जनाको रगत परीक्षण गर्न थालिएको हो । कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौँडाले स्थानीय तह र स्वास्थ्य कार्यालय पर्वतको समन्वयमा समुदायमा परीक्षण गर्न थालेको जनाएको छ ।
केन्द्रका प्राविधिक सरोज अधिकारीले पर्वत जिल्लामा हात्तीपाइले रोग निवारण गर्ने हेतुले समुदायमा परीक्षण गर्ने र १२औँ चरणमा औषधि पनि खुवाउने कार्यक्रम सञ्चालन हुने जानकारी दिए । उनले देशभरि हात्तीपाइले रोग निवारणका लागि गर्दै आएका कार्य र पर्वतको अवस्थाका बारेमा जानकारी दिए ।
उनले पाङमा ३०० जना र खानीगाउँमा ३०० जनाको रगत परीक्षण गरेपछि जिल्लामा अर्को चरणमा औषधि खुवाउनुपर्छ वा पर्दैन भन्ने यकिन हुने बताए । यसअघि पर्वतमा तीन पटकसम्म समुदायमा हात्तीपाइले रोगको अवस्था पत्ता लगाउन परीक्षण गरिएको थियो ।
कुश्मा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत हरि पङ्गेनीले पर्वत जिल्ला मानव विकास सूचाकाङ्कमा ११औँ स्थानमा रहे पनि हात्तीपाइले रोगबाट मुक्त हुन नसक्नु आफैँमा दुखद् पक्ष रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत पङ्गेनीले समुदायमा व्यापकरुपमा परीक्षण गर्ने अभियान पनि सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याए ।
जनस्वास्थ्य कार्यालयका प्रमुख डा भोजराज गौतम, पर्वत अस्पतालका प्रमुख डा शिशिर देवकोटा, कुश्मा नगरपालिका–११ का वडाध्यक्ष शिवप्रसाद पौडेल हात्तीपाइलेको निवारणका लागि सबै क्षेत्रमा जनचेतना फैलाउन आवश्यक रहेको बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार