शैक्षिक सत्र जेठमा अन्त्य गर्न मन्त्रालयमा प्रस्ताव
नेपालबहस संवाददाता
माघ १, २०७७ बिहिबार २२:३०:११
१ माघ, काठमाडौं । यस वर्षको शैक्षिक सत्र जेठमा अन्त्य गर्न मन्त्रालयमा प्रस्ताव पठाइएकाे छ । चैतमै शैक्षिक सत्रको अन्त्य हुनुपर्ने भए पनि कोरोना महामारीका कारण विद्यालय बन्द भएको र अरू शैक्षिक गतिविधि हुन नपाउँदा जेठको अन्तिमसम्ममा शैक्षिक सत्र अन्त्यको प्रस्ताव गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
शिक्षा पत्रकार सञ्जाल ‘ईजोन’ ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले जेठमा शैक्षिक सत्र अन्त्यको प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइएको र मन्त्रालयले यसलाई मन्त्रिपरिषदमा लगेको जानकारी गराएको बताए ।
धेरै ठाउँमा पढाइ सुरु भइसकेको र अब बिदा कटौती गर्ने र पूर्ण क्षमता तथा समयमा विद्यालय चलाएर कोर्स सक्ने र जेठमा शैक्षिक सत्र अन्त्य गर्ने प्रस्ताव गरिएको अध्यक्ष पौडेलको भनाइ छ । यसपटकको एसईई परीक्षा पनि जेठको अन्तिममा धकेलिने भएको छ ।
कोरोना महामारीका कारण गएको वर्ष आन्तरिक मूल्याङ्कनमार्फत नतिजा प्रकाशन भएकोमा यस वर्ष जेठको अन्तिमसम्म भए पनि परीक्षा गर्ने तयारी भएको बोर्डले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
मंसिर १२, २०८१ बुधबार
फापरखेतीप्रति किसानको आकर्षण घट्दै
मंसिर १२, २०८१ बुधबार