राजश्व छल्न अग्रवाल बाबुछाेराको यस्तो काइदा
नेपालबहस संवाददाता
माघ १, २०७७ बिहिबार २३:३:२६
१ माघ, विराटनगर । लोटा लिएर राजस्थानबाट नेपाल छिरेका मारवाडी व्यवसायीहरु कसरी रातारात घनी भए भन्ने भेउ राजश्वका कर्मचारीलाई मात्र होइन पछिल्लो समय धेरै नेपालीहरुलाई थाहा हुन थालेको छ । मारवाडी व्यवसायीले अनेकन जुक्ति लगाएर जुनसुकै व्यवसायमा पनि सफलता हात पार्ने गरेका छन् । कर भन्सार छलिदेखि बैंकलाई रित्तो गोदामलाई भरी देखाएर करोडौंको ऋण लिने र भाग्ने क्षमतामा पनि उनीहरु अब्बल नै छन् । यही मेसोमा विराटनगरका एक मारवाडी व्यापारीले राजश्व छल्ने गजबको काइदा अपनाएका छन् ।
ठुला उद्योगबाट उत्पादित वस्तुको आधिकारिक डिलरका रुपमा काम गर्दै आएका व्यवसायीबाट घरपरिवारका सबै सदस्यको नाममा फर्म दर्ता गरी व्यापक राजश्व ठगी गरेको नयाँ तथ्य सार्वजनिक भएको छ । एउटै व्यक्तिबाट हुने त्यस्ता कारोवारमा ५ वटासम्म व्यवसायिक फर्म दर्ता गरी कारोवार भएको तथ्य खुलेको हो ।
जसले गर्दा ठुला उद्योगका उत्पादन बजारसम्म पुर्याउने आधिकारिकता पाएको उक्त व्यवसायिक फर्मसमेत विवादित बन्न पुगेको छ । आफनै परिवारका सदस्यहरुको विभिन्न नाममा पाँच वटा व्यवसायिक फर्म दर्ता गरी सरकारी राजश्वमाथि नै व्यापक अनियमितता हुने गरेकोे दावी समाचार स्रोतको छ ।
आन्तरिक राजश्व कार्यालय विराटनगरमा दर्ता कायम गरेको देखिने उक्त व्यवसायिक फर्महरुमा उल्लेख गरिएका नामहरुमा सबै एकाघरका सदस्य मात्र रहेका छन् । राजश्व ऐन अनुसार ती सबै फर्महरु छुट्टाछुट्टै स्थानमा कार्यालय संचालन गरी कारोवार गर्नुपर्ने हुन्छ । तर विराटनगरका व्यवसायी प्रविण अग्रवालले ऐनको समेत धज्जी उडाएर मापदण्ड समेतको ख्याल नै नगरी पाँच वर्षदेखि निर्वाध रुपमा व्यवसायिक कारोवार गर्दै आएको थाहा भएको छ ।
सुनसरी मोरङ औद्योगिक करिडोरका अधिकांश विभिन्न ठुला उद्योगका उत्पादनहरु बजारसम्म पुर्याउने आधिकारिकता पाएको आर्या ट्रेडर्सले आन्तरिक राजश्व कार्यालयबाट २०६८ सालमा महेशकुमार अग्रवाल (बाबु) को नाममा पान न..३०५३४८५९१ बाट मुअकरमा दर्ता कायम भएको व्यवसायिक फर्म देखिएको छ ।
त्यसैगरी के.के. सप्लायर्स नामक अर्को व्यवसायिक फर्मले किरनदेवी अग्रवाल (आमा)को नाममा २०६६ सालमा पान नं. ३०३७०८०८७ मा दर्ता कायम गरेको छ भने चारवी सप्लायर्सको व्यवसायिक फर्ममा प्रियंनका राजगढिया (श्रीमती)को नामबाट २०७१ सालमा पान नं. ६०२३०२५०४ मा मुअकरमा दर्ता रहेको दावी पनि समाचार स्रोतले गरेको छ ।
त्यसैगरी झापा जिल्लाका व्यवसायी सुरेन्द्रकुमार जिन्दललाई व्यवसायिक पार्टनर बनाएर आन्तरिक राजश्व कार्यालय झापाको दमकबाट कृष्ण कन्हैया सप्लायर्सको नामबाट २०७२ सालमा पान नं. ६०३८६०६७८ मा मुल्य अभिबृद्घि करमा दर्ता भएको देखिदाँ अर्को किरन किरानाको नाममा २०५७ सालमा नै पान नं. ३००४६९२१५ मा दर्ता कायम रहेको फर्मलाई स्वयं व्यवसायी प्रविण अग्रवालले २०७४ सालदेखि मुअकर समेतको काम गर्ने भन्दै आन्तरिक राजश्व कार्यालयमा दर्ता कायम गरी निर्वाध रुपमा व्यवसायिक कारोवार गर्दै आएको बताइएको छ ।
सबै उल्लेखित व्यवसायिक फर्महरु प्रविण अग्रवाल (छोरा) ले नै संचालन गर्दै आएको रहस्य पनि खुल्न पुगेको छ । अग्रवाल सुनसरी मोरङ औद्योगिक करिडोरमा संचालन रहेका अधिकांश ठुला उद्योगहरुबाट उत्पादित वस्तुको आधिकारिक डिलरका रुपमा व्यवसाय गर्दै आएका छन । उनले सप्लायर्स व्यवसायीको रुपमा कारोवार गर्ने भएतापनि उनको आर्थिक अनियमितता र कर छलिका कारण पछिल्लो समय बजारमा बदनाम भईसकेको कुरा उद्योगीहरुले बताएका छन ।
जसले गर्दा उनले खडा गरेका फर्ममार्फत हुने व्यवसायिक कारोवार नै पछिल्लो समय विवादित बन्न पुगेको छ । जसकारण उनले अपेक्षा भन्दा व्यापक राजश्व अपचलन गरेको हुनसक्ने अडकलबाजी अहिले व्यवसायिक क्षेत्रमा गर्न थालिएको छ ।
सरकारको राजश्व अपचलन भएका नभएको विषयमा अनुसन्धान गर्ने र कारोवार अनुसारको सजाय मागदावी गर्ने एकमात्र राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पछिल्लो समय औद्योगिक उत्पादन निकासीको भिसीटीआर विषयलाई लिएर केही समय यतादेखि निश्क्रिय जस्तै बनेको छ । बिगतमा राजश्व छली भएको आशंकामा औद्योगिक प्रतिष्ठानदेखि व्यापारिक फर्ममा समेत छापामारी अनुसन्धान गर्दै मुद्दा समेत चलाउने अधिकार पाएको राजश्व अनुसन्धान कार्यालय इटहरीलाई पछिल्लो समय ती सबै अधिकारबाट बन्चित गरिएपछि निश्क्रिय जस्तै बन्न पुगेको छ ।
व्यवसायी अग्रवाल पनि करिब चार वर्ष अगाडी राजश्व अनुसन्धानको कार्वाहीमा परिसकेका व्यापारी हुन् । उनी अझैपनि राजश्व छलीमा अग्रपंक्तिमा नै रहेको कुरा उनी निकटका व्यवसायीले बताएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने
जेठ २१, २०८१ सोमबार
कोशी प्रदेशको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक हुने
जेठ २०, २०८१ आइतबार
झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
बढेको कोलेस्ट्रोल छिट्टै नियन्त्रणमा आउनेछ, आजबाटै गर्न थाल्नुहोस् ५ काम !
जेठ २०, २०८१ आइतबार
न्युरोड सडकः महानगरले खन्यो, डिभिजनले टाल्यो
जेठ २१, २०८१ सोमबार
लुम्बिनीमा सरकार विस्तार, माओवादीकी केसी बनिन् मन्त्री
जेठ २१, २०८१ सोमबार
प्रहरी कारवाही तथा अदालती दृष्टिकोण
जेठ २१, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित
जेठ २१, २०८१ सोमबार
‘पूर्ण बहादुरको सारङ्गी’ मा विजय र बुद्धि आबद्ध
जेठ २१, २०८१ सोमबार
टोयोटाको मुख्यालय अनुसन्धानका लागि निरीक्षण गरिने
जेठ २१, २०८१ सोमबार