द भ्वाइस अफ नेपालको कोचमा तृष्णाको इन्ट्री, आस्था आउट
नेपालबहस संवाददाता
माघ १, २०७७ बिहिबार २३:४९:३८
१ माघ, काठमाडौं । चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को तयारी अन्तिम चरणमा पुगेको छ । सिजन–२ मा आस्था राउत रहेको ठाउँमा तृष्णा गुरुङ आबद्ध भएकी छन् । अन्य तीनजना कोचमा भने गत सिजनकै दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा रहेका छन् ।
हिमालयन टेलिभिजनबाट प्रसारित ‘रियालिटी शो’ले धेरै प्रतिभालाई अवसर पनि दिएकाे छ । सिजन ३ को पनि केही समय देखी नै गाइँगुइँ हल्ला चल्दाचल्दै आयोजकहरूले आज काठमाडौं रेडीसन होटेलमा पत्रकार सम्मेलन गर्दै ‘सिजन ३’ को पनि घोषणा गरेका छन् । उक्त कार्यक्रम हरेक शुक्रवार र शनिवार राती ८ बजे प्रसारण हुने छ ।
आस्था विवादमा तानिएसँगै नयाँ सिजनमा उनलाई नादोहोराइने भएको बताइएको छ । यसअघि पहिलो सिजनबाट दोस्रो सिजनमा आउँदै गर्दा अभया सुब्बाको स्थानमा आस्था राउत आएकी थिइन् । ‘द भ्वाइस अफ नेपाल’ तेस्रो सिजन अन्तरगत अहिले डिजिटल अडिसनको अन्तिम चरण चलिरहेको छ ।
डिजिटल अडिसनमा करिब ४० हजारले सहभागिता जनाएका छन् । कार्यक्रम एक महिनाभित्र प्रशारण सुरु हुने आयोजकले बताएकाे छ । अडिसनमा सहभागी प्रतिभाको सङ्ख्या अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर रहेको छ।
कार्यक्रमको उत्पादनका लागी तीव्र गतिमा काम भइरहेको छ । आगामी एक महिना भित्रै ‘सिजन ३’ को प्रसारण हिमालयन टेलिभिजनबाट हुने निर्माण टिमले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार