थारु बस्तीमा माघीको रौनक र उमङ्ग
नेपालबहस संवाददाता
माघ १, २०७७ शुक्रबार १:३९:२७
१ माघ, नेपालगञ्ज । पश्चिम क्षेत्रका थारु समुदायको महत्वपूर्ण पर्व ‘माघी’ को रौनक र उमङ्ग उनीहरुको घर आँगन तथा गाउँबस्तीमा छाएको छ । आफ्नो वर्षभरीको दुःख, पीडा बिर्संदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै गाउँघर सिंगारेका नेपालका आदिवासी थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई मूलतः बुधबारदेखि माघी पर्वको रौनकले छपक्कै छोपेको छ ।
विधिवत् रुपमा पुस २९ गतेदेखि शुरु हुने सप्ताहव्यापी यो पर्वमा रमाइलो गर्ने मात्र नभई थारु परिवारले गाउँघरको सरसफाइ गर्ने, दुःख परेकाको सारथी बन्ने र आपसमा भाइचारा तथा सहयोगी जातिको भूमिका पनि प्रस्तुत गर्दछन् ।
यो पर्वका अवसरमा थारु समुदायको छोराछोरीको बिहे, अंशबण्डा, खेतीपातीको वार्षिक योजना निर्माणका साथै परिवारका सदस्यको कामको बाँडफाँटसमेत हुने गर्दछन् । पर्वमा विशेषतः ढिकरी, तरुल, सखरखण्ड, फर्सी उसिनेर खाने थारु अगुवा पत्रकार विश्वराज पछलडंग्या बताउनुहुन्छ । उहाँका अनुसार माघीको अघिल्लो रात सुँगुर काटेर मासु खाने गरिन्छ । त्यसलाई थारु भाषामा ‘जिता मरना’ भनिन्छ । त्यसरात थारु समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसी ‘सखिया’ नृत्यमा रमाउने गर्दछन् ।
माघीका दिन आज बिहान अँध्यारो छँदै उठेर नदी, जलासयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि लोटाको सिक्का ‘पैसा’ लुटाउने प्रचलन रहेको छ । माघीका अवसरमा तिलको आगो तापिन्छ । तिलको आगो ताप्नाले वर्षभरी अञ्जानबस गरिएको पाप नाश हुने थारु समुदायको धार्मिक विश्वास पनि रहिआएको छ ।
पर्वका अवसरमा थारु समुदायले आ-आफ्नो गाउँको बडघर ९अगुवा० र चौकीदारसमेत चयन गर्दछन् । पर्वका अवसरमा आज बर्दियाको ठाकुरद्वारा, बढैयाताल, बाँकेको बैजापुरस्थित भुँवरभवानी मन्दिरलगायतका धार्मिकस्थलमा ठूलो मेलासमेत लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
मंसिर २२, २०८१ शनिबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार