शास्त्रमा चार महिना शुभ तथा मांगलिक कार्य गर्न किन बर्जित छ ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
माघ २, २०७७ शुक्रबार १७:२६:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/garha-bahas_JBslsxZVy5.jpg)
२ माघ, काठमाडौं । शुभ तथा मांगलिक कार्य गर्दा शुभ फल दिने देव गुरु बृहस्पती र दैत्यहरुका गुरु शुक्र ग्रह अस्त हुँदैछन् । अस्त भएको बेलामा बिशेष गरेर शुभ तथा मांगलिक कार्यहरु गर्नु हुन्न भन्ने हाम्रो शास्त्रिय मान्यता रहको छ । विगतका वर्षहरुमा जस्तै यो वर्षको माघ, फाल्गुन, चैत्र र २०७८ साल बैशाख पहिलो हप्तासम्म मांगलिक कार्यहरु हुँदैनन् ।
सूर्यसँग लगभग १० अंश फरकमा परे भने शुक्र अस्त हुन्छन् भने सूर्यको ११ अंश वरपर रहँदा बृहस्पति ग्रह अस्त हुन्छन् । २०७७ माघको ४ गते आईतबारदेखि देवगुरु बृहस्पती पश्चिममा गएर बेलुकी ११ बजेर ५८ मिनेटबाट अस्त हुँदैछन् भने माघ ३० गते शुक्रबार बिहान ०७ बजेर ०६ मिनेटमा शुक्र पुर्वमा अस्त हुँदैछन् ।
सौर्यमण्डलमा आ–आफ्नो अक्ष वा कक्षमा परिक्रमा गर्दै जाने क्रममा सूर्यग्रहको नजिक आउँदा (राहु तथा केतु ग्रह बाहेक) ६ ग्रहहरु क्रमस–बृहस्पती, बुध, चन्द्रमा, शुक्र, शनि, मंगल अस्त हुन्छन् । सूर्यलाई कुनै पनि ग्रहले अस्त बनाउन सक्दैनन् तर राहु तथा केतु ग्रहले केही समयको लागि सूर्यलाई अस्त बनाउँदछ, जुन अवस्थालाई ग्रहण भनेर भन्ने गरिन्छ । शास्त्रका उनुसार उक्त ग्रहण अवस्थालाई अशुभ भनेर भन्ने गरिएको छ ।
ज्योतिष शास्त्रमा देवताहरुका गुरु बृहस्पतीलाई धनधान्य, सुख तथा सन्ततीको कारक र दैत्यहरुका गुरु शुक्राचार्यलाई भोगविलाश, मनोरन्ञ्जन, सुखसुविधाका कारक मानिने हुनाले यो साल अर्थात २०७७ सालमा माघ, फाल्गुन, चैत्र र बैशाखको पहिलो हप्तासम्म विवाह र व्रतबन्ध जस्ता मांगलिक कार्यहरु गर्ने शुभ साईत छैनन् ।
यसरी गुरु र शुक्रको उपस्थितिबिना गरिने कुनै पनि कर्मको फल प्राप्त नहुने विश्वास छ । चिना लेख्ने समयमा कुन ग्रह अस्त छ, कुन कुन ग्रहहरु डिग्री, मिनेट र सेकेण्डका हिसाबले बलिया छन् र कुन कुन ग्रह कमजोर अवस्थामा छन् भन्ने सम्पूर्ण विवरण गणना गरेर देखाईएको हुन्छ ।
ज्योतिषशास्त्र अनुसार शुक्र अस्त भएको समयमा नित्य कर्म तथा ग्रहजन्य दोष शान्ति अर्थात गायत्री मन्त्रको जप, पाञ्चाएन पुजा, बिहान बेलुकी गरिने नित्य पूजा, जन्म र मरणमा गरिने कार्य, श्राद्ध आदि कार्यहरु भने गर्न हुन्छ । नित्य कर्म बाहेकका अरु शुभ कर्म गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ ।
धार्मिक हिसाबमा दैत्यका गुरु शुक्र तथा देवगुरु बृहस्पती अस्त भएको समयमा व्रतबन्ध गर्न, विवाह गर्न, मूर्तिको प्राणप्रतिष्ठा गर्न, पहिलो पटक कपाल क्षौर गर्न, तीर्थयात्रामा जान, मन्दिर प्रतिष्ठा गर्न, कान छेदन गर्न, दिक्षा दिन, मन्त्र सुन्न काम्योद्देश्यले वृषोत्सर्ग गर्न पनि मिल्दैन् । साथै गृहारम्भ, गृहप्रवेश तथा चांद्रायण व्रत, तुलादान, व्रतको सुरु र समापन, विद्यारम्भ अग्निहोत्र, सप्ताह पुराण, देव स्थापन, प्राणप्रतिष्ठा, संन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कर्मलाई शास्त्रले निषेध गरेको छ ।
सनातन धर्ममा विशेषगरी वृहस्पति र शुक्र ग्रह अस्त भएका बेला मांगलिक कार्यहरू गरिँदैनन् । अहिले अंगालिएको ज्योतिषशास्त्र र त्यसैका आधारमा बनाइएको निर्णय सिन्धुलगायतमा यी दुई ग्रह अस्त भएमा नित्यकार्यबाहेक अन्य शुभ कार्य गर्न नहुने बताइएको छ । मुहूर्त चिन्तामणि लगायत ज्योतिषग्रन्थका अनुसार शुक्र र वृहस्पती ग्रह अस्त हुनुभन्दा केही दिन अघि बृद्ध हुने र उदयपछिका केही दिन बालक हुने हुनाले अघिपछिका तीन–तीन दिन पनि शुभकार्यहरू गरिदैन् । अत्यावश्यक मानिने जन्म, मृत्यु ,न्वारन आदि संस्कार भने गर्न हुन्छ ।
देवगुरु बृहस्पती फाल्गुन २ गते आईतबार पुर्वमा १२ बजेर ४२ मिनेटमा उदय हुन्छन् । शुक्र २०७७ माघको ३० गते अस्त भई २०७८ बैशाखको ०७ गतेमात्र शुक्र उदय हुन्छन् । अग्रेजी क्यालेन्डर अनुसार २०२१ जनवरी १७ तारिकदेखि २०२१ अप्रिल २० तारिकसम्म लगभग ९४ दिन बृहस्पती र शुक्र अस्त हुँदैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न
फागुन १, २०८१ बिहिबार
आठौँ शताब्दी पुरानो माधवनारायण मेला एक महिनामा सम्पन्न
माघ ३०, २०८१ बुधबार
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु
माघ २८, २०८१ सोमबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार