कर्जा लगानीमा वाणिज्य भन्दा विकास बैंक अब्बल !
नेपालबहस संवाददाता
माघ २, २०७७ शुक्रबार १७:३७:२
२ माघ, काठमाडौं । यतिबेला कर्जा लगानीमा वाणिज्य बैंक भन्दा विकास बैंक अब्बल देखिन थालेका छन् । ‘क’ वर्गका (वाणिज्य) बैंक भन्दा ‘ख’ वर्गका (विकास) बैंक कर्जा लगानीमा आक्रामक बन्न थालेका हुन् । नेपाल राष्ट्र बैंकको मर्जरको नीतिपछि विकास बैंकहरुको संख्या निरन्तर घट्दो क्रममा छन् ।
पछिल्लो एक वर्षकै अवधिमा पनि विकास बैंकहरुको संख्या १९ मा झरेको छ । धेरै विकास बैंकहरु विलय भए पनि सञ्चालनमा रहेकाले कारोबार विस्तारमा भने आक्रामक उपस्थिति देखाएका छन् ।
नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्षको मंसिर मसान्तको तुलनामा चालु आर्थिक वर्षको मंसिर मसान्तमा विकास बैंकहरुले कर्जा लगानी ९ प्रतिशतले बढाएका छन् । जुन वाणिज्य बैंकहरु भन्दा बढी हो । कोरोनाले निकै अप्ठेरो अवस्था सिर्जना हुँदा पनि वाणिज्य बैंक भन्दा तुलनात्मक हिसाबले विकास बैंकले कर्जा लगानी बढाएको राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६.२ प्रतिशतले बढेको थियो । वाषिर्क बिन्दुगत आधारमा २०७७ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १२.९ प्रतिशतले बढेको छ ।
लगानी भएको निजी क्षेत्रतर्फको कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.० प्रतिशतले वृद्धि भएको प्रवक्ता भट्टले बताए । जबकी यहिँ अवधिमा विकास बैंकहरुको कर्जा प्रवाह ९.० प्रतिशतले बढेको छ ।
कर्जा लगानीमा विकास बैंक आक्रामक नै देखिए पनि ‘ग’ वर्गका (वित्त) कम्पनीहरु कमजोर देखिएका छन् । प्रवक्ता भट्टका अनुसार यस अवधिमा वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.४ प्रतिशतले मात्रै बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवित्तीय समावेशीकरण नीति जारी
जेठ १८, २०८१ शुक्रबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
सेती लोकमार्गः दश किलोमिटर कालोपत्र हुँदै
जेठ २०, २०८१ आइतबार
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु, एक सिकिस्त
जेठ २०, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने कार्यसूची
जेठ २०, २०८१ आइतबार
भारतको लोकसभा निर्वाचन: एक्जिट पोलमा मोदीलाई फराकिलो बहुमत !
जेठ २०, २०८१ आइतबार
रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि
जेठ २०, २०८१ आइतबार