जैविक विविधताको संरक्षण गर्न आफ्नै कानून

नेपालबहस संवाददाता
माघ २, २०७७ शुक्रबार १९:३१:३३

२ माघ, बागलुङ । नगरपालिकाले लामो समयको मौनतापछि वातावरणसम्बन्धी विधेयक ल्याएको छ । वन, वातावरण, फोहरमैला व्यवस्थापन, जैविक विविधताको संरक्षण, हरित क्षेत्रको संरक्षण तथा व्यवस्थापनलगायत खोला र नदीमा भइरहेको गैरकानूनी दोहन रोक्न विधेयक ल्याएको बताइएको छ ।
बुधबारदेखि शुरु भएको नगरसभामा विधायन समितिकोतर्फबाट संयोजक लक्ष्मी बाँस्कोटाले विधेयक टेबुल गरेको हो । हिउँदे सभाबाट विधेयक पारित गरेपछि यो विधेयक ऐनका रुपमा लागू हुन्छ ।
बाँस्कोटाले २८ पृष्ठ लामो विधेयक सभामा प्रस्तुत गरेका छन् । वातावरण संरक्षणका विषयमा धेरैतिरबाट ऐनको आवश्यकता रहेको भन्दै सुझाव आएपछि विधेयक ल्याएको हो । आगामी माघ ९ गते बस्ने आठौँ नगरसभाको अर्को बैठकले विधेयक पारित गर्नेछ । “आवश्यक अध्ययन र छलफलका लागि सदस्यलाई समय उपलब्ध गराएका छौँ”, नगरप्रमुख जनकराज पौडेलले भने, “नगरसभाले पारित गरेपछि कानून बन्छ, हामी वातावरण संरक्षणमा जिम्मेवार छौँ ।” विधेयकमा सिमसारको संरक्षण र प्रवद्र्धनदेखि दिगो फोहर व्यवस्थापनको विषय समेटिएको छ । वन तथा वातावरणको प्राकृतिक रुप नखल्बलिने गरेर यसको उपयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
कालीगण्डकी नदीमा दोहन भइरहेको विषय पटकपटक उठ्ने गरेको छ । तर नगरसभामा प्रस्तुत विधेयकले भने नदी तथा खोला दोहनका विषयमा मधुरो आवाज समावेश गरेको छ । विधेयकको परिच्छेद ८ दफा ५७ मा ढुङ्गा गिट्टी, बालुवा, माटोको उत्खनन, सङ्कलन, उपयोग, बिक्री तथा वितरणका सम्बन्धमा व्यवस्था गरिएको छ । उप दफा ९१० मा नगरपालिकाको क्षेत्राधिकारभित्र ढुङ्गा गिट्टी, बालुवा, माटोको उत्खनन, सङ्कलन, उपयोग, बिक्री तथा वितरणका सम्बन्धमा सङ्घीय सरकारले व्यवस्था गरेको मापदण्ड नै कार्यान्वयन गर्ने उल्लेख छ ।
वातावरणीय हिसाबले कुन स्थान बढी संवेदनशील छ, कुन स्थानमा बालुवा निकाल्दा फरक पर्दैन भन्ने विषय विधेयकमा उल्लेख छैन । जलवायु परिवर्तनको असर र त्यसको प्रभावसँग जुध्नका लागिसमेत विधेयकले विभिन्न कानूनी व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ । विधेयक पारित भएर ऐन बनेमा ऐनअनुसार कार्यपालिका बैठकले नियमावली बनाउनेछ ।
यस पटकको हिउँदेसभामा बजेट र करमा संशोधनबाहेक एउटा मात्रै विधेयक प्रस्तुत भएको छ । बजेट तथा करका दरमा संशोधनका लागि नगर उपप्रमुख सुरेन्द्र खड्काले प्रस्ताव पेश गर्नुभएको छ । लकडाउनका कारण देखाएर बजेट र करका दरमा संशोधन गर्नुपर्ने अवस्था आएको उल्लेख छ ।
नगरपालिकाले अहिलेसम्म नगर शिक्षा ऐन, आर्थिक ऐन, सार्वजनिक निजी साझेदारी जोखिम न्यूनीकरण ऐन, स्थानीय तहको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, विनियोजन ऐन, न्यायिक सम्पादन कार्यविधि ऐन, आर्थिक ऐन र सहकारी ऐन बनाइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामन्त्री भट्टराई चार दिनदेखि अस्पतालमा भर्ना, क्षयरोगको आशंका
फागुन १३, २०८१ मंगलबार
पूर्व राजा ज्ञानेन्द्र शाह स्याङ्जामा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी
फागुन १२, २०८१ सोमबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
परराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
फागुन १४, २०८१ बुधबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार