नयाँ लगानीकर्ताको लागि आईपीओ भर्ने सरल प्रक्रिया
नेपालबहस संवाददाता
माघ २, २०७७ शुक्रबार २०:१२:३२
२ माघ, काठमाडौं । प्राथमिक बजार माफर्त शेयर बजार भित्रिनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो समय आईपीओमा लगानी गरेर राम्रो आम्दानी हुन थाले पछि बजार भित्रिनेहरु बढ्न थालेका हुन् ।
जसलाई पछिल्लो समय शेयर जारी गरेका कम्पनीहरुको शेयर माग अनुपातले पुष्टि गरेको छ । तर यसरी दैनिक प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै आईपीओमा पर्ने आवेदकका संख्याले नयाँ रेकर्ड कायम गरेको छ । तत्कालै मात्र आईपीओ जारी गरेको प्रभु लाइफ इन्स्योरेन्स र चन्द्रागिरि हिल्सको आईपीओमा करिब १० लाख बढि आवेदकले आवेदन दिएको थिए ।
यतिबेला १६ कम्पनीले करिब ५ अर्ब ८१ करोड रुपैयाँ बराबरको ५ करोड ८१ लाख कित्ता आईपीओ निष्कासनको तयारीमा छन् । तत्कालै मात्र प्रभु लाइफ इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, समाज लघुवित्त, रिलनयन्स लाइफ इन्स्योरेन्स, माउन्टे इनर्जि, यूनाइटेड इदि मर्दि कम्पनी र चन्द्रागिरी हिल्स कम्पनीले आईपीओ निष्कासन गरेका थिए । त्यस्तै, आज अर्थात माघ २ गतेदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँको आईपीओ निष्कासन खुल्ला गरेको छ ।
यति धेरै कम्पनीको आईपीओ लाइनमा लागेको अवस्थामा के तपाई आईपीओमा लगानी गर्न चाहानुहुन्छ ? लगानी गर्ने चाहाना छ तर, कसरी भर्ने भन्ने सोचिरहनु भएको छ । भने, अब तपाई अपनाउनुहोस यस्तो प्रकृया । सेयर बजार । नयाँ व्यक्ति जसलाई शेयरमा लगानी गर्न इच्छा छ तर, कुनै जानकारी अथवा यसको प्रक्रिया थाहा नहुन सक्छ । आइपीओ भर्न चाहने नयाँ लगानीकर्ताको लागि लक्षित गरेर यो जानकारी तयार पारेका छौं ।
बैंक खाता खोल्नुहोसः आईपीओमा लगानी गर्ने सोच छ भने सबैभन्दा पहिले बैंकमा खाता खोल्नु पर्दछ । जसरी मानिसले आफ्नो पैशा जम्मा गर्न र चाहेको समयमा झिक्नको लागि बैंक खाता खोलेका हुन्छन् त्यस्तै सेयर भर्नको पनि बैंक खाता अनिवार्य हुन्छ ।
डिम्याट खाता खोल्नुहोसः जसरी हामीले मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङको लागि खाता भएको बैंकबाट फर्म भरेर आइडि पासवर्ड प्राप्त गर्दछौ । त्यस्तै, सेयर भर्नको लागि बैंक खाता खोलिसके पश्चात बैंक खाता भएको बैंकमा गएर डिम्याट खाताको फर्म/आवेदन भर्नुहोस । डिम्याट खाता त्यस्तो खाता हो, जसले तपाईले भरेको आईपीओको बैंकमा पैसा जम्मा गरेजस्तै तपाइले डिम्याट खातामा शेयर जम्मा गर्नुपर्छ । अर्थात डिम्याट खाता तपाइको शेयर राख्ने खाता हो । त्यसैले आइपीओ भर्नका लागि पनि डिम्याट खाता चाहिन्छ । आइपीओ भरेपछि शेयर परेमा उक्त शेयर यही डिम्याट खातामा जम्मा हुन आउँछ ।
कहाँ खोल्ने डिम्याट खाता ? डिम्याट खाता तपाईको जुन बैंकमा खाता खोल्नु भएको छ सोही बैंकमा गएर डिम्याट खाता खोल्न सकिन्छ । अथवा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त कुनैपनि धितोपत्र दलाल ब्रोकर कम्पनीमा खोल्न सकिन्छ । यसबाहेक विभिन्न बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकिङ कम्पनीहरुले पनि यो सुविधा दिएका छन् ।
सीआरएन नम्बर लिनुहोसः डिम्याट खाता खोलीसकेपछि आफ्नो खाता भएको बैंक ९डिम्याट खातामा उल्लेख गरिएको बैंक० मा गएर सीआरएन नम्बर लिनुपर्छ । सीआरएन नम्बरले तपाइएको बैंक खाता र डिम्याट खातालाई जोडने काम गर्दछ । त्यसकारण सिआरएन नम्बर अति जरुरी हुन्छ । तपाईलाई आईपीओ भर्न सिआरएन नम्बर चाहिन्छ ।
मेरो शेयर खोल्नुहोसः मेरो सेयर एउटा एप्स हो । मोबाइल बैंकिङरइन्टरनेट बैंकिङबाट जसरी विभिन्न किसिमको कारोकार गर्न मिल्छ त्यस्तै मेरो सेयरबाट घरमै बसेर पनि आईपीओ भर्न सक्नुहुन्छ । आइपीओ भर्नका लागि र आफ्नो डिम्याट खातामा भएको विवरण हेर्नका लागि पनि मेरो शेयरको आवस्यकता पर्छ । डिम्याट खोलेको अवस्थामा नै सीडीएस एण्ड क्लियरिङ लिमिटेड ९सीडीएससी० ले उपलब्ध गराएको हुन्छ ।
मेरो शेयरको युजरनेम र पासर्ड कसरी लिने ? जुुन बैंकमा तपाईको खाता छ सोही बैंकमा डिम्याट खाता र मेरो सेयरको लागि आवेदन दिइसके पश्चात तपाईलाई बैंकले इमेल मार्फत मेरो शेयरको युजरनेम र पासर्ड उपलब्ध गराउँदछ । तपाईले मेरो शेयरको युजरनेम र पासवर्ड लिनुभयो भने इन्टरनेटनको माध्यमबाट घरमै बसेर अथवा जुनसुकै ठाउँबाट पनि आइपीओको लागि आवेदन दिन सक्नुहुन्छ ।
मेरो शेयर नलिएका व्यक्तिले पनि आइपीओका लागि आवेदन दिन सक्छन । तर त्यसका लागि आफ्नो बैंक खाता भएको शाखाबाट फर्म भरेर आवेदन दिनुपर्ने हुन्छ ।
आईपीओमा लगानी गर्नको लागि माथिका प्रक्रिया पुरा गरेपछि घरबाटै सजिलै आवेदन दिन सकिन्छ । यसरी आवेदन दिदा तपाइले आवेदन दिन चाहेको शेयर बराबरको रकम बैंक खातामा हुनैपर्छ । आइपीओ भरेपछि तपाइले खरिद गर्न चाहेको शेयरको मूल्य बराबरको रकम तपाइको बैंक खातामा रोक्का गरिन्छ । उक्त शेयर बाँडफाँड भएपछि तपाइलाई परेको शेयर बराबरको रकम बैंक खाताबाट कट्छ भने परेको शेयर डिम्याट खातामा जम्मा हुन आउँछ । शेयर नपरेको रकम भने तपाइएको बैंक खातामा पुनः फिर्ता हुन्छ । सेयरमा लगानी गरेपछि दुई किसिमबाट फाइदा लिन सकिन्छ । पहिलो कुनैपनि कम्पनीमा तपाइले लगानी गर्नु भएको छ भने वार्षिक रुपमा लाभांश अर्थात बोनस प्राप्त हुन सक्छ । त्यसैले सकेसम्म राम्रो कम्पनीको शेयरमा लगानी गर्नुपर्छ । त्यस्तै दोस्रो बजारबाट पनि फाइदा लिन सक्नुहुन्छ । दोस्रो बजारमा शेयरको मूल्यमा हुने उतारचढावबाट तपाइले फाइदा लिन सक्नुहुन्छ । आफुले खरिद गरेको भन्दा बढी मूल्यमा शेयर विक्री गर्न सक्ने अवसर प्राप्त हुँदा तपाईले फाइदा लिनसक्नुहुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
हिंसा जारी रहेको बखतमा बेलारूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा
मंसिर १०, २०८१ सोमबार
वातावरण बिगार्ने असंवेदनशील कार्यको लागि भाजपा जिम्मेवार छ : राहुल गान्धी
मंसिर १०, २०८१ सोमबार
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते
मंसिर १०, २०८१ सोमबार
फुङफुङे झरनामा रमाउँदै पर्यटक
मंसिर १०, २०८१ सोमबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार