ज्योति विकास बैंकद्वारा मध्यबिन्दु जिल्ला अस्पताललाई बेबी वार्मर प्रदान
नेपालबहस संवाददाता
माघ २, २०७७ शुक्रबार २२:५५:४
२ माघ, काठमाडौं । ज्योति विकास बैंकले मध्यबिन्दु जिल्ला अस्पताललाई बेबी वार्मर प्रदान गरेके छ । शुक्रबार अस्पतालको प्राङ्गणमा आयोजित एक कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले संयुक्त रुपमा सो बेबी वार्मर अस्पताललाई प्रदान गरेको हो। बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाउन सहयोग गर्दछ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट कावासोती शाखाका शाखा प्रबन्धक लोक नारायण मानन्धर र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट संजय बहादुर सिंहले संयुक्त रुपमा मध्यबिन्दु जिल्ला अस्पताल व्यवस्थापन समितिका सदस्य दासु राज पोखरेललाई सो बेबी वार्मर हस्तान्तरण गरेका हुन्।
नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट मध्य बिन्दु जिल्ला अस्पतालमा प्रसुति सेवा लिन आउने बार्षिक करिब ३०० जना लाभान्वित हुने बैंकले जनाएको छ ।
सोहि कार्यक्रममा बैंकले पी.पी.ई र फेस शिल्ड जस्ता कोरोना भाइरस नियन्त्रण स्वास्थ्य सामग्री समेत अस्पताल लाई प्रदान गरिएको हो ।
साथै बैंकले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा (न्यानो नानी) बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि ८ लाख प्रदान गरेको थियो।
हाल बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४५ अर्ब ८५ करोड निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब ३७ अर्ब ५९ करोड लगानी गर्न सफल भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार